हजुरआमाको हत्या गरेर भागेका नाति पोखरामा पक्राउ

प्रदेश समाचार मुख्य समाचार

धाराखबर सम्बाददाता

पोखरा, ४ पुष २०८२।

हजुरआमाको हत्या गरेर भागेका नाति पोखरामा पक्राउ परेका छन्।

पोखरा महानगरपालिका वडा नं.३१ बाँसपानीमा ७५ वर्षीया हजुरआमा दालकुमारी परियारको हत्या गरेर भागेका नाति पोखरामा पक्राउ परेका हुन।

पक्राउ पर्नेमा मृतक परियारकै २२ वर्षीय नाति आशिष परियार रहेको प्रहरीले जानकारी दिएको छ।

अभियुक्त आशिषले गएको मध्यराती आफ्नै हजुरआमा दालकुमारीलाई धारिलो हतियार चक्कु र बन्चरोले हानेर हत्या गरेको प्रहरीले बताएको छ। हजुर आमाको हत्या गरेर भागेका आशिषलाई जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय डाँडाको नाक शिशुवाको संयुक्त प्रहरी टोलीले आज पोखरा १० बुद्धचोकबाट पक्राउ गरेको बताइएको छ।

अभियुक्तले हजुरआमाको हत्या पश्चात हजुरआमाले लगाएका सुनका गगहना लिई भागेको प्रहरीले जनाकारी दिएको छ। पक्राउ परेका आशिषको साथबाट प्रहरिले दुई थान रिङ्ग र चार थान मुन्द्रा बरामद गरिएको जनाएको छ। अभियुक्तबिरुद्ध प्रहरीले कास्की जिल्ला अदालतबाट ज्यान सम्बन्धि कसुरमा सात दिनको म्याद थप गरी आबश्यक अनुसन्धान शुरु गरेको जनाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *