रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध– गौतम

प्रदेश समाचार मुख्य समाचार राजनीति

धाराखबर समाचारदाता
पोखरा, ५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य सोविता गौतमले भ्रष्टाचारको फाइल खोल्छु भनेपछि ठूला दलहरुले राजनीतिक प्रतिशोध साधेर पार्टी सभापति रवि लामिछानेलाई फसाएको आरोप लगाउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा महानगरपालिका वडा नं ९ को प्रथम वडा अधिवेशनलाई (आज) शनिवार पोखरामा सम्बोधन गर्दै गौतमले आफ्‌ना कर्तुत बाहिर आउनेभएपछि ठूला दलहरु मिलेर रविलाई फसाएको आरोप उहाँले लगाउनुभएको हो । आफ्‌नो पार्टी नेपाली जनताको चाहना अनुसार सुशासन, विकास र भ्रष्टाचार विरुद्धको अभियानको मुद्दा लिएर अगाडि वढ्ने बताउनुभयो ।


जेन्जी समुहले उठाएका माग पनि तिनै हुन, उहाँले भन्नुभयो–भ्रष्टाचारका मुद्दा उठाएकै कारण पार्टी सभापति रवि लामिछानेमाथि ठूला दलहरुले राजनीतिक प्रतिशोध साधेको आरोप उहाँको छ ।

वास्तविक सहकारी पीडितले वचत गरेको रकम फिर्ता पाउनुपर्ने बताउँदै उनीहरुको पैसा फिर्ता गराउने कार्यमा आफ्‌नो पार्टी सक्रिय भएर लाग्ने भनाइ उहाँको छ । युवा पुस्ताको भविष्य निर्माणमा राष्ट्रिय स्वतन्त्र पार्टीले विशेष ध्यान दिएको बताउँदै देशको युवालाई स्वदेशमा नै उद्योग व्यवसाय संचालन गर्ने वातावरण सृजना गर्नुपर्ने धारणा उहाँको छ ।

आउँदो निर्वाचन पछि सरकारको नेतृत्व आफ्‌नो पार्टीले गर्ने दावी गर्दै उहाँले देश राष्ट्रिय सवतन्त्र पार्टीमय भएको जिकीर गर्नुभयो । जनताको हितमा काम नगरेकै कारण ठूलादलप्रति नेपाली जनताको वितृष्णा पैदा भएको बताउँदै उहाँले जनता इमान्दार पार्टीको खोजीमा रहेको भनाइ उहाँको छ ।

पार्टीका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश अध्यक्ष राजन गौतमले गते निर्वाचनमा २१ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले आँउदो निर्वाचनमासबैभन्दा ठूलो दल हुने दावी गर्नुभयो । पार्टीका केन्द्रीय सदस्य एवं पूर्व सांसद शिवबहादुर नेपालीले रास्वपा सधै नेपाली जनताको साथमा रहने र उनीहरुकै हितमा काम गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *