महिला अधिकारी प्रभावकारी रुपमा कार्यान्वयन हुनु पर्नेमा जोड

धाराखबर समाचारदाता पोखरा, २८ फागुन । महिलालाई समान अधिकार र पहुँचका लागि नीति नियमको प्रभावकारी कार्यान्वयन हुनुपर्ने कुरामा आज यहाँ आयोजित एक कार्यक्रममा वक्ताले जोड दिएका छन् । ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा, नेपाल पत्रकार महासंघ, कास्कीले आयोजना गरेको महिला संवाद कार्यक्रममा बक्ताहरुले महिलाका अधिकार सुनिश्चित गर्न […]

Continue Reading

पूर्व नगरप्रमुख एवं एमाले नेता कृष्ण थापाको हृदयघातबाट निधन

धाराखबर समाचारदाता पोखरा, २८ फागुन । नेकपा एमालेका नेता कृष्ण थापाको आज दिँउसो हृदयघातका कारण निधन भएको छ । एमालेका केन्द्रीय सदस्य एवं नेकपा एमाले कास्कीका ईञ्चार्ज थापा कास्की निर्वाचन क्षेत्र नम्बर–१ को चुनावी समीक्षा बैठकमा सहभागी भएको बेला एक्कासी हृदयघात हुँदा मृत्यु भएको हो । पोखरा–१६ बाटुलेचौर निवासी थापा ६६ वर्षका थिए । समीक्षा […]

Continue Reading

नेताले महावीरबाट सिक्नु पर्ने पाठ

धाराखबर समाचारदातापोखरा २७ फागुन । परम्परागत भन्दा नितान्त भिन्न र मौलिक चुनावी शैली अपनाएका महावीरको चुनाव प्रचारले अरू उम्मेदवारहरुलाई समेत नैतिक संकट र दबाब सृजना गर्‍यो । उनीहरू पनि चुनावी सभा, शक्ति प्रदर्शनीको साटो सानो कोर टिममा मतदाताको घरदैलोमै सीमित बने । भोट पाउनका लागि पुनले मतदातासँग कुनै योजनाका बाचा गरेनन् । कुनै प्रतिबद्धता जनाएनन् […]

Continue Reading

मनाङमा कांग्रेसका टेकबहादुर निर्वाचित

धाराखबर समाचारदाता पोखरा, २२ फागुन । मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ २४१५ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गरिन्।यो नेपाली कांग्रेसको दोस्रो जित हो, यसअघि मुस्ताङमा योगेश गौचन थकाली निर्वाचित भइसकेका छन्। मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले दिएको जानकारीअनुसार गुरुङ २४१५ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम […]

Continue Reading

मोरङ–२ मा कांग्रेसका मिनेन्द्र रिजाल तेस्रो स्थानमा, रास्वपाको अग्रता

धाराखबर समाचारदाता पोखरा, २२ फागुन । मोरङ क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णकुमार कार्कीले ५ हजार ७६७ मतसहित अग्रता बनाएका छन्। नेपाली कांग्रेसका डा. मिनेन्द्र प्रसाद रिजाल १ हजार ७१९ मतसहित तेस्रो स्थानमा छन्। एमालेका दिलीपकुमार अग्रवाल १ हजार ९८० मतसहित दोस्रो स्थानमा छन्। प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा मोरङ क्षेत्र नम्बर– २ मा […]

Continue Reading

भक्तपुर–२ मा रास्वपा राजीव खत्रीले ११ हजार मत कटाए

धाराखबर समाचारदाता पोखरा, २२ फागुन । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीले ११ हजार ४९ मत प्राप्त गरेका छन्। हालसम्मको मतपरिणाम अनुसार खत्रीको मत ११ हजार ४९ मत रहेको छ भने एमालेका महेश बस्नेतको ३११६ मत रहेको छ । दोस्रोमा कांग्रेसका कविर राणा छन् । राणाले १५०३ मत ल्याएका […]

Continue Reading

कमल थापाले हार स्वीकार गरे

धाराखबर समाचारदाता पोखरा, २२ फागुन । राप्रपा नेता कमल थापाले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ५ मा आफ्नो हार स्वीकार गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै थापाले मतगणना जारी रहे पनि मतान्तर धेरै फराकिलो भएकाले हार स्वीकार गरेको बताएका हुन् । उनले विजयोन्मुख सस्मित पोखरेललाई बधाई दिँदै रास्वपाले देशभर उल्लेखनीय सफलता हासिल गरेकोमा शुभकामना […]

Continue Reading

म्याग्दीमा महावीर पुनको अग्रता

धाराखबर समाचारदाता पोखरा, २२ फागुन । म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री महावीर पुनले फराकिलो अग्रता निकालेका छन् । हालसम्म आठ हजार ९७५ मत गणना हुँदा पुनले तीन हजार ७४० मत प्राप्त गरेका छन् । निकटतम प्रतिस्पर्धी देखिएका नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले एक हजार ५२८ मत मात्रै ल्याउँदा एक हजार ३२० मतसहित नेपाली कम्युनिस्ट पार्टीका अर्जुनकुमार […]

Continue Reading

पाँच हजार मतले अघि बालेन

धाराखबर समाचारदाता पोखरा, २२ फागुन । झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाहले मतान्तर बढाएका छन् । यस अघि करिब ४ हजार मतान्तरले अग्रता लिएका बालेनले अहिले मतान्तर बढाएर ५ हजार १२३ पुर्‍याएका हुन् । बालेनले ६ हजार ५५१ मत प्राप्त गरेका हुन् । पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार केपी शर्मा ओलीले १ […]

Continue Reading

कास्कीका तीनवटै क्षेत्रमा रास्वपा अगाडि

धाराखबर समाचारदाता पोखरा,२२ फागुन । प्रतिनिधि सभा सदस्यका लागि बिहीबार सम्पन्न मतदनको मत गणना कार्य भइरहँदा कास्कीका तीन वटै क्षेत्रमा रास्वपा पार्टी उम्मेदवारहरु अग्रस्थानमा रहेका छन् । कास्की निर्वाचन क्षेत्र नं १ मा ५१५० मत गणना गर्दा रास्वपा गनेश पौडेलले ३३५० मत प्राप्त गरेका छन् भने नेपाल काँग्रेसका ९७६ मत प्राप्त गरेका छन् भने एमालेका […]

Continue Reading