मनाङमा कांग्रेसका टेकबहादुर निर्वाचित

प्रदेश समाचार मुख्य समाचार राजनीति

धाराखबर समाचारदाता

पोखरा, २२ फागुन । मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ २४१५ मतसहित निर्वाचित भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत प्राप्त गरिन्।यो नेपाली कांग्रेसको दोस्रो जित हो, यसअघि मुस्ताङमा योगेश गौचन थकाली निर्वाचित भइसकेका छन्।

मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले दिएको जानकारीअनुसार गुरुङ २४१५ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत ल्याइन् । नेशनल मंगोल अर्गनाइसेजनका रामबहादुर घलेले ९ मत ल्याएका छन् ।यो नेपाली कांग्रेसको दोस्रो जित हो । यसअघि मुस्ताङमा योगेश गौचन थकाली निर्वाचित भइसकेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *