पोखरालाई थप सुन्दरताका लागि काम गर्छु उम्मेदबार बास्तोला

प्रदेश समाचार मुख्य समाचार राजनीति

धाराखबर समाचारदात

पोखरा, १४ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागी नेपाली काँग्रेसको तर्फबाट कास्की क्षेत्र नं २ का उम्मेदवार माधव प्रसाद बास्तोला (मधु) ले पोखरा–८ का अधिकांश क्षेत्रमा शिक्षा, स्वास्थ्य र व्यापारिक केन्द्र हुँदा देशको अर्थतन्त्रमा यो क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

चुनावी घरदैलो कार्यक्रममा बिहीबार पोखराको सृजना चोकमा आयोजित चुनावी कोण सभामा बोल्दै उम्मेदबार बास्तोलाले पोखरा–८ को न्यूरोड, चिप्लेढुंगा, सिद्धार्थचोक, सृजनाचोक पृथ्वीचोक सिमलचौर व्यापारिक, बैंकिङ, शिक्षा तथा स्वास्थ्य क्षेत्रको हब भएकाले राष्ट्रिय अर्थतन्त्रमा यो क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका ह्‌न्।

प्रजातन्त्रका लागि वि.स.२००७ सालदेखि लड्दै आएको नेपाली काँग्रेसले खुल्ला अर्थतन्त्र नीति अवलम्बन गर्दै समाजवाद तर्फ उन्मुख रहेको बताउँदै उनले प्रजातन्त्र, व्यक्ति स्वतन्त्रता, स्वतन्त्र न्यायलयका विरुद्धमा काँग्रेसले कसैसँग सम्झौता नगर्ने बताए । देशमा कुनैपनि संकट पर्दा त्यसको समाधान गर्ने जिम्मेवारी काँग्रसले लिर्दै आएको उनले बताए ।

पर्यटकीय राजधानी पोखराको सुन्दरतालाई बिग्रन नदिन पोखरेलीको योगदान महत्वपूर्ण हुने बताउँदै पर्यटकीय राजधानी पोखरालाई विश्वसामु चिनाउने जिम्मेवारी आफ्‌नो रहने भनाइ उनको थियो ।

त्यसैगरी उनले नेपाली जनताले मुख्य माग सुशासन, स्वतन्त्रता र सामाजिक सञ्जालको पक्षमा आफूले सधै संसदमा आबाज उठाउने बताउँदै उनले विशेष महाधिवेशनबाट काँग्रेस बदलिएको र अब देश बदल्ने योजनामा काँग्रेस अगाडि बढेको कुरा सुनाए ।

उम्मेदवार बास्तोलाले बिहीबार पोखराको सृजनाचोक, जाल्पारोड, सिद्धार्थचोक, चिप्लेढुंगा, नयाँसडक, दमकल मार्ग, नयाँबजार, पृथ्वीचोक, सिमलचौर, फेवासिटी, फिर्के, रत्नचोक, जनप्रिय टोलमा घरदैलो गर्दै मतदाताको सुझाल संकलन र आशीर्वाद लिने काम सम्पन्न भएको जानकारी नेपाली काँग्रेसका नेता बीरेन्द्रनारायण विजुक्छेले दिए ।

घरदैलो कार्यक्रममा अधिकाशं मतदाताले फोहोर व्यवस्थापन, खानेपानी, सडक, ढल निकास, रोजगारी, सुशासन लगायतका विषयमा आफ्‌ना कुरा राखेका थिए । घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका नेता सोवियत बहादुर अधिकारी, बिन्दुकुमार थापा, बीरेन्द्रनारायण बिजुक्छे, ऋषि काफ्‌ले, निर्मल कर्माचार्य, दुर्गा तिमिल्सेना, बजिरमान श्रेष्ठ, केशर निर्दोषी रमेश पौडेल लालीमाया रेग्मी, उमा ठकुरी लगायतका नेता तथा कार्यकर्ता सहभागी थिए ।

त्यसैगरी बिहीबार नै पोखरा–९ को बसपार्क क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा बोल्दै उम्मेदवार बास्तोलाले वसपार्क क्षेत्रमा लामो समयदेखि बस्दै आएको अव्यवस्थित बस्तीलाई व्यवस्थित गर्न आफूले संसदमा आवाज उठाउने प्रतिवद्धता उम्मेदवार बास्तोलाको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *