धाराखबर समाचारदात
पोखरा,५ फागुन । प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिँदै गर्दा कास्कीका काँग्रेस उम्मेदवारहरु मतदातासँग भोट माग्न गाउँगाउँ पुगेका छन् ।
यसैक्रममा नेपाली काँग्रेसको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधवप्रसाद बास्तोला (मधु) सहित काँग्रेसका नेताहरु सोमबार पोखरा–२०को भलाम र मौजाका मातदातासँग भोट माग्न पुगेका थिए । उम्मेदवार बास्तोलाले मौजामा भोट माग्दै गर्दा स्थानीयले सडक, खानेपानी, कृषि, पानी र रोजगारीका समस्यालाई मुख्य प्राथामिकतामा राखेर काम गरिदिन आग्रह गरे ।
सोमबार पोखरा–२० को भलामस्थित पीपलडाली, र्यालेचौर, मौजाको मोहरिया, आँटीघर, लामडाँडा, मौजा, बिसौनाका मतदातासाग भोटमाग्न र स्थानीयका सुझाव संकलन गर्न पुगेका उम्मेदवार बास्तोलासहितको टोलीसँग मौजा गाउँ पोखरा महानगरपालिकामा भएपनि यस क्षेत्रका बासिन्दा महानगरपालिकामा बसेको अनुभूति गर्न नपाएको बताएका थिए ।
पोखरा–२० मौजास्थित मोहरियामा उत्तरबहादुर गुरुङले विकासमा पछाडि परेको मौजामा पछिल्लो समय केही मात्रामा सडकको विकास भएपनि व्यवसायिक कृषि र रोजगारीका अवसरहरु सृजना हुन नसकेको कुरा उम्मेदवार समक्ष राखे । त्यसैगरी आँटीघरका मिलन गुरुङले पछिल्ला समय मौजामा विकास निर्माणका कार्यले गति लिन थालेको बताउँदै प्रदेश सरकारका मन्त्रीहरुले पछाडि परेको यस क्षेत्रमा केही हदसम्म माया मान्न थालेको बताउृँदै काँग्रेसकै पहलमा केही विकास निर्माणका माक हुन थालेको बताए ।
त्यस्तै आँटिघर निवासी यमन गुरुङले निर्वाचन जितेपछि नेताहरु गाउँमा आउने रोग कायमै भएकाले निर्वाचन जितेपछि पनि गाउँका वासिन्दाको सुःखदुःखमा मात्र भएपनि आइदिन आग्रह गरे । हामीले ठूलो आशा गरेका छैनौ, पोखरा–२० को भलाम र पोखरा–१३ को काँहुखोलाबाट आउने सडक सहज भइदियो भने यहाँका वासिन्दालाई सहज हुने भनाइ उनको छ ।
मौजाको लामडाँडास्थित काशीप्रसाद गुरुङको समस्या पनि उहि सडक छ । वर्षादको समयमा गाउँमा बस जान सकदैन, उनले भने वाह्रै महिना गाडी आउने व्यवस्था गरिदिनुहोला ।
ति ठहाँमा भएका कोणसभामा बोल्दै उम्मेदवार बास्तोलाले जेन्जी समुहका माग पुरा गर्न नेपाली काँग्रेसले विशेष महाधिवेशनबाट युवा सभापति बनाएको छ, भावि प्रधानमन्त्री पनि उहाँलाई नै अगाडि सारेर काँग्रेस अगाडि वढेको बताउँदै ढुक्क भएर काँग्रेसमा भोट हाल्न आग्रह गरे ।
मौजासँगै जोडिएको वडा भएकाले आफूले यस क्षेत्रको विकासमा विशेष ध्यान दिने आश्वासन समेत दिएका थिए । सो अवसरमा स्थानीय काँग्रेस नेता तोरण गुरुङ, हिराजंग गुरुङ, सकुन्तला गुरुङ, मिलन गुरुङ लगायतले गाँउको विकासमा जोड दिएका थिए ।
