धाराखबर समाचारदाता
पोखरा, २५ चैत । पोखरा–८ सभागृह चोकमा बुधबार राति एक पुरुषले धारिलो हतियार प्रहार गर्दा एक युवती गम्भीर घाइते भएकी छन् ।
कास्की प्रहरीका अनुसार ति महिला पोखरा–५ मालेपाटन बस्दै आएकी ४२ वर्षीया सिर्जना पौडेल केसी रहेकी छन् । खुकुरी प्रहार गरी मोटरसाइकलमा भाग्ने ति व्यत्तिःको खोजी कार्य भइरहेको कास्की प्रहरीले जनाएको छ ।
टाउकोमा गहिरो घाउ लघाइते केसीको अवस्था गम्भीर छ । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले घटनास्थलमा थप अनुसन्धान गर्दै हतियार प्रहार गर्ने पुरुषको खोजीकार्य तीव्र पारेको छ ।
