देशमा समृद्धि ल्याउन रास्वपाको उदय भएको हो – डा.स्वर्णिम वाग्ले

प्रदेश समाचार मुख्य समाचार राजनीति

धाराखबर समाचारदता

पोखरा, १९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति डा.स्वर्णिम वाग्लेले देशको राजनीतिलाई सङ्लो पार्न र देशको समृद्धिका लागि रास्वपा उदय भएको बताउनुभएको छ ।

रास्वपाको गण्डकीस्तरीय सदस्य भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई आज (शनिवार) पोखरामा सम्बोधन गर्दै डा वाग्लेले आउँदो निर्वाचनदावी गनमा आफ्‌नो पार्टीलाई वहुमत दिएमा उदाहरणीय राजनीति संस्कार बसालेर छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

ताजा जनादेशका लागि चुनावमा आएका छौ,सुशासनको जगमा टेकेर देशलाई समृद्धि दिनुका साथै संस्थागत र नीतिगत सुधारमा जान बहुमत खोजेका छौं,उहाँले भन्नुभयो–विशेष रणनीतिका साथ देशलाई आर्थिक समृद्धिको बाटोमा लाने छौ।

पुराना दलहरुले आर्थिक सुधारलाई ध्यान नदिँदा देश गरिब मुलुकको रुपमा परिचित हुन पुग्यो उहाँले भन्नुभयो– ऊर्जा, कृषि, पर्यटनको विकास मार्फत देशले फड्को मार्न सक्छ, उहाँले भन्नुभयो–पुराना दलहरुले नीतिगत भ्रष्टाचार, नियुक्ति बिक्री गर्न थालेकै कारण देशमा असन्तुष्टि पैदा भएको भनाइ उहाँको भनाइ छ ।

पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले निर्वाचनसँगै फागुन २१ हामी भाषण हैन,काममा व्यत्तहुने छौ । वहुमतपछि संविधान संशोधन गर्ने छौ, उहाँले भन्नुभयो–फोहोरी राजनीतिकका कारण जनताले अहामीमाथि विश्वास गरेका दावी गर्नुभयो ।

पार्टीका प्रवक्ता मनिष झाले नेपाली जनता राजनीतिक परिवर्तनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको शरणमा आएको बताउँदै उनीहरुका चाहना पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि वढ्ने बताउनुभयो । उक्त अवसरमा नेपाली कांग्रेस, एमाले लगायतका अन्य पार्टीका नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *