सही तथ्याङ्कले योजना तर्जुमामा सहयोग पुग्छ– उपाध्यक्ष डा.देवकोटा

अर्थतन्त्र प्रदेश समाचार मुख्य समाचार

धाराखबर समाचारदाता

पोखरा, १७ पुस । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले सही तथ्याङ्क संकलन गर्न सकियो भने योजना तर्जुमाबाट जनतामाझ पुग्ने कार्यक्रम प्रभावकारी र लोकप्रिय बन्न सक्ने बताउनुभएको छ।

तथ्याङ्क दिवस२०८२ को अवसरमा तथ्याङ्क समन्वय कार्यालय पोखराद्धारा आज (विहीबार) आयोजित कार्यक्रमाई सम्वोधन गर्दै डा.देवकोटाले व्यक्तिगत सूचना संकलनबाट उत्पादित तथ्याङ्कले पूनः सामुहिक सूचनाको कार्य गर्दै निर्णय प्रक्रियाको आधार तय गर्न सकिने भनाइ उहाँको छ ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगले विकास साझेदारसँग मिलेर केही विषयको तथ्याङ्क लिने काम पनि भइरहेको जानकारी दिँदै उहाँले यस्तो तथ्याङ्कले आवाधिक योजना बनाउन मद्दत पुग्ने उल्ल्ेख गर्नुभयो ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगको कार्यालयका सचिव धु्रव गिरीले जनतालाई सुशासन दिन सही सूचनाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।तथ्याङ्क कार्यालयका प्रतिनिधिले जनताबाट वास्तविक सूचना ल्याउन मेहिनेत गर्नुपर्नेमा जोड दिनुभयो ।

तथ्याङ्क समन्वय कार्यालय पोखराका तथ्याङ्क समन्वय अधिकारी नन्दलाल सापकोटाले नागरिकका व्यक्तिगत सूचनाहरुको गोपनीयता सुनिश्चित गर्दै बैज्ञानिक विबि र व्यवसायिक जनशक्ति मार्फत आधिकारीक तथ्याङ्क उत्पादन एवं वितरण गर्ने प्रवन्ध हुँदै आएको जानकारी दिनुभयो ।

केन्द्रीय कार्यालयमा मनउँदै आइएको तथ्याङ्क दिवस संघीयतासँगै वि.स.२०७५ सालदेखि देसैभरिका १८ वटा प्रादेशिक तथा जिल्ला कार्यालयमा मनाउँदै आएको जानकारी उहाँले दिनुभयो ।

उक्त अवसरमा तथ्याङक दिवस २०८२ को अवसरमा तथ्याङ्क सम्बन्धी कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थी बीचको खुल्ला निबन्ध प्रतियोगितामा उत्कृष्ट तीन जिल्लाका पाँच विद्यार्थीलाई नगदसहित पुरस्कृत गर्नुको साथै कार्यालयमा २५ वर्षभन वढी समय सेवा गर्ने कर्मचारीरुलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *