लोकतन्त्रको उत्तम विकल्प निर्वाचन–मन्त्री श्रेष्ठ

धाराखबर समाचारदाता पोखरा, २९ पुस । महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले लोकतन्त्रको उत्तम विकल्प निर्वाचन भएकाले सबै राजनीतिक दलहरु फागुन २१ गतेको निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभएको छ । युनाईटेड क्लव पोखरा–१० ले यही पुस २९ देखि माघ ११ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना गरेको १४ औं सस्करणको पोखरा महोत्सवको आज (मंगलबार) […]

Continue Reading

काउन्सिलद्वारा अन्तरराष्ट्रिय सञ्चारमाध्यमका पत्रकारहरूसँग छलफल

धाराखबर समाचारदाता काठमाडौँ, २८ पुसः प्रेस काउन्सिल नेपालले आज पत्रकार आचारसंहिता कार्यान्वयनबारे अन्तरराष्ट्रिय सञ्चारमाध्यमका पत्रकारहरूसँग छलफल गरेको छ । छलफलमा वरिष्ठ पत्रकार युवराज घिमिरेले आचारसंहिताको महत्त्वबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रमका सहभागीहरूले नेपालमा रिपोर्टिङ गर्दाको जटिलता, आचारसंहिताको पालनाका विषयमा आआफ्नो धारणा राखेका थिए । दूरदर्शन र एआइआर प्रतिनिधि श्वेता सिंह, एएफपीका प्रतिनिधिद्वय प्रकाश माथेमा र […]

Continue Reading

गण्डकी र कोशी प्रदेशबीच पर्यटन प्रवद्र्धनका लागि समझदारीपत्रमा हस्ताक्षर

धाराखबर समाचारदाता पोखरा, २८ पुसः गण्डकी प्रदेश र कोशी प्रदेशबीच पर्यटन विकास, प्रवद्र्धन, पूर्वाधार, पहुँच विस्तार, मानव संसाधन विकास तथा संस्थागत सहकार्यलाई सुदृढ बनाउने लक्ष्यका साथ समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सन्दर्भमा पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको आयोजना एवं नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी […]

Continue Reading

नागरिक असन्तुष्टि केलाएर नयाँ सङ्कल्पका साथ अघि बढ्नेछौँः महामन्त्री शर्मा

धाराखबर समाचारदात काठमाडौँ २७ पुसः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक तहमा रहेका असन्तुष्टिका प्रत्येक तह (केस्राकेस्रा) केलाएर छलफल गरिने बताउनुभएको छ । उहाँले विशेष महाधिवेशनलाई केवल सङ्गठनात्मक अभ्यास नभई जनअसन्तुष्टिको गहिरो समीक्षा र आत्मसमीक्षाको मञ्चका रूपमा स्थापित गर्ने बताउनुभयो ।

Continue Reading

जनआक्रोसलाई सम्बोधन गर्न विशेष अधिवेशन बोलाइएको होः महामन्त्री थापा

धाराखबर समाचारदाता काठमाडौँ, २७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका असन्तुष्टि सुन्न र सम्बोधन गर्न पार्टीको विशेष महाधिवेशन बोलाइएको बताउनुभएको छ । कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आजदेखि सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देखिएको जनआक्रोसलाई राजनीतिक दलहरुले सम्बोधन गर्नुपर्ने धारणा व्यक्त […]

Continue Reading

रैथाने कला र संस्कृतिलाई पर्यटनसँग जोड्न महोत्सव

धाराखबर समाचारदाता पोखरा,२७ पुस । “युवाको जाँगर राष्ट्र निर्माणको आधार” भन्ने मूल नाराका साथ मंगलबारदेखि १४औं संस्करणको पोखरा महोत्सव गरिने भएको छ । स्थानीय कला, संस्कृति र वेशभूषाको संरक्षण, सूचना प्रविधि एवं औद्योगिक तथा हस्तकलाका सामग्री प्रदर्शनी र बिक्री गर्ने उद्देश्यका लिएर युनाईटेड क्लव पोखरा–१० ले यही पुस २९ देखि माघ ११ गतेसम्म उक्त महोत्सव […]

Continue Reading

माछापुच्छ्रेका वासिन्दाको गुनासै गुनासा

धाराखबर समाचारदाता पोखरा, २५ पुस । कास्की माछापुच्छे्र गाउँपालिका–५ रिभानका युवा विद्यार्थी प्रचण्ड शक्ति गुरुङले राजनीतिमा युवा सहभागिता र सुशासन स्थापना हुन नसक्दा जेन्जी विद्रोह उत्पन्न भएको वताउनुभएको छ । जेन्जी विद्रोह पछि स्थानीय तहका हुने सार्वजनिक सुनुवाई लगायतका कार्यक्रममा युवालाई सहभागी नगराउने रोग अझै पनि कायमै रहेको गुनासो उहाँको छ । जिल्ला प्रशासन कार्यालय […]

Continue Reading

पोखरामा ३०४ औं पृथ्वीजयन्ती मनाइने

धाराखबर समाचारदाता पोखरा, २५ पुस । राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको ३०४ औं जन्म जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइने भएको छ । ३०४ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समिति कास्कीले यही पुस २७ गते विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउन लागेको जानकारी आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइएको हो […]

Continue Reading

वडावासीलाई खुकुरी देखाएर धम्क्याउने वडाध्यक्ष अधिकारी पक्राउ

धाराखबर समाचारदाता पोखरा, २५ पुस । वडा कार्यालयमा तालाबन्दी गर्न पुगेका स्थानीय जनतालाई खुकुरी देखाएर धम्क्याउने पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी पक्राउ परेका छन्। पोखरा ३३ मा ल्याण्डफिल साइड बनाउन नहुने मागसहित वडा कार्यालयमा तालाबन्दी गर्न पुगेका स्थानीय बासिन्दालाई खुकुरी देखाएर धम्क्याउन खोजेपछि वडाध्यक्ष अधिकारीलाई प्रहरीले आज पक्राउ गरेको हो। पोखरा […]

Continue Reading

शङ्खरापुर दुर्घटनामा चार जनाको मृत्यु

धाराखबर समाचारदाता पोखरा, २३ पुस : काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित फेरी जङ्गलमा आज साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चार जनाको मृत्यु पुष्टि भएको र अन्य २२ जना घाइते भएको जानकारी दिनुभयो । मृतकको सनाखत हुन सकेको छैन । यहाँ वनभोज […]

Continue Reading