पोखरामा ३०४ औं पृथ्वीजयन्ती मनाइने

प्रदेश समाचार मुख्य समाचार

धाराखबर समाचारदाता

पोखरा, २५ पुस । राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको ३०४ औं जन्म जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइने भएको छ ।

३०४ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समिति कास्कीले यही पुस २७ गते विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउन लागेको जानकारी आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइएको हो ।

कार्यक्रम संयोजक भोलाजंग सुवेदीका अनुसार विभिन्न धार्मिक, पेशागत तथा विभिन्न जातीय संघ,संस्थाले आफ्‌नो वेशभूषा, झाँकी, पन्चेबाजासहित शोभायात्रामा सरिक हुने र पोखराको पृथ्वीचोकमा पुगेर पृथ्वीनानरायण शाहको तस्बिरमा माल्यार्पणका साथै उहाँको योगदानका बारेमा प्राज्ञिक व्यक्तित्वहरुबाट चर्चा परिचर्चा गर्ने कार्यक्रम रहेको छ ।

उक्त कार्यक्रम प्रमुख वक्ताको रुपमा मौलिक रैथाने इतिहासका ज्ञाता अन्तर्राष्ट्रिय विश्व हिन्दू महासंघ धर्म सभाका अध्यक्ष वलभद्रनाथ योगी रहने जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *