धाराखबर समाचारदाता
पोखरा, ९ वैशाख । मधुमेह, उच्च रक्तचाप, मुटुरोग र क्यान्सर आजका प्रमुख स्वास्थ्य चुनौतीका रूपमा रहेको आज पोखरामा आयोजित एक कार्यक्रमका वक्ताको निश्कर्ष छ ।
स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित “स्वास्थ्य प्रवद्र्धनका लागी सञ्चारकर्मी र स्वास्थ्यकर्मीबीचको भूमिका” विषयक अन्तरक्रियामा सहभागी वक्ताहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।
“हामीले लिने आहार, हाम्रो दैनकी व्यवहार र जीवनशैलीले स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ,” उनले भने। नियमित व्यायाम, पर्याप्त निद्रा, धूम्रपान तथा मद्यपानबाट टाढा रहनु र तनाव व्यवस्थापनलाई उनले स्वस्थ जीवनका आधारस्तम्भका रूपमा औंल्याए।
गण्डकी प्रदेशको स्वास्थ्य सेवा प्रणालीलाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन सञ्चारकर्मी र स्वास्थ्यकर्मीबीच सुदृढ समन्वय आवश्यक रहेकोमा जोड दइिएको छ।
कार्यक्रममा बोल्दै मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा। रमेशकुमार केसीले स्वास्थ्य क्षेत्रमा भइरहेका गतिविधि, उपलब्धि र चुनौतीहरू जनसमक्ष पुर्याउन सञ्चारकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले स्वास्थ्य सेवा प्रभावकारी बनाउन सूचना प्रवाह, पारदर्शिता र गुणस्तर अभिवृद्धि अपरिहार्य रहेको उल्लेख गर्दै यसका लागि दुवै पक्षबीच निरन्तर सहकार्य आवश्यक रहेको बताए।
डा. केसीले व्यक्तिगत स्वास्थ्यप्रति सचेत रहनु नै समग्र समाजको स्वास्थ्य सुधारको आधार भएको स्पष्ट पारे। उनले नसर्ने रोगहरू—जस्तै मधुमेह, उच्च रक्तचाप, मुटुरोग र क्यान्सर—आजका प्रमुख स्वास्थ्य चुनौतीका रूपमा रहेको उल्लेख गर्दै स्वस्थ जीवनशैली अपनाउन सबैलाई आग्रह गरे। “हामीले लिने आहार, हाम्रो दैनकी व्यवहार र जीवनशैलीले स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ,” उनले भने। नियमित व्यायाम, पर्याप्त निद्रा, धूम्रपान तथा मद्यपानबाट टाढा रहनु र तनाव व्यवस्थापनलाई उनले स्वस्थ जीवनका आधारस्तम्भका रूपमा औंल्याए।
कार्यक्रममा जनस्वास्थ्य प्रशासक सुरज गुरौले मानसिक स्वास्थ्यको महत्वबारे प्रकाश पार्दै आधुनिक जीवनशैलीका कारण मानसिक तनाव बढ्दो क्रममा रहेको बताए। उनले मानसिक स्वास्थ्य सुदृढ गर्न योग, ध्यान र सकारात्मक सोचको अभ्यास आवश्यक रहेको बताए।
त्यसैगरी, स्वास्थ्य तथ्यांक अधिकृत बुद्धिसागर अधिकारीले गण्डकी प्रदेश सरकारले सञ्चालन गरिरहेका विभिन्न स्वास्थ्य कार्यक्रमहरूको जानकारी प्रस्तुत गरे। उनले दुर्गम क्षेत्रका बिरामीहरुका लागि सञ्चालन गरिएको निशुल्क हवाई उद्धार सेवा, क्यान्सर पीडतलाई प्रदान गरिँदै आएको आर्थिक सहयोग तथा अन्य जनस्वास्थ्यसम्बन्धी पहलहरूबारे विस्तृत जानकारी दिए । यस्ता कार्यक्रमहरूले स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको उनले बताए।
कार्यक्रममा सहभागी सञ्चारकर्मी परशुराम शर्माले स्वास्थ्य सेवाको प्रभावकारिता अभिवृद्धिका लागि सञ्चारकर्मी र स्वास्थ्यकर्मीबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने बताए।
