जेन्जी समुहलाई सँगसँगै लिएर काँग्रेस अगाडि वढ्छ–उम्मेरवार बास्तोला

प्रदेश समाचार मुख्य समाचार राजनीति

धाराखबर समाचारदाता

पोखरा, २५ माघ । प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिँदै गर्दा नेपाली काँग्रेस कास्कीले तीन वटै निर्वाचन क्षेत्रमा आफ्‌ना चुनावी गतिविधि तीव्र पारेका छ । उम्मेदवारहरु मतदातासँग भोट माग्न मात्र हैन् सुझाव संकलन र चुनावी सम्पर्क कार्यालय स्थापनामा व्यस्त देखिन्छन् ।

यसैक्रममा नेपाली काँग्रेस कास्कीले निर्वाचन क्षेत्र नं २ मा आफ्‌नो चुनावी प्रचारप्रसारका सम्पर्क कार्यालय स्थापना गर्ने काम अभियानकै रुपमा चलाइरहेको छ । शनिबार पोखरा–७ र १५ मा चुनावी सम्पर्क कार्यालयको काँग्रेस उम्मेदवार माधवप्रसाद बास्तोलाले उद्घाटन गर्न भ्याइसकेका छन् । यस अघि पनि पोखरा– ४, ८, ९, ११ र २१ मा चुनावी सम्पर्क कार्यालय स्थापना भइसकेका छन् ।

शनिबार पोखरा–७ र १५ नं वडाको चुनावी सम्पर्क कार्यालयको उद्घाटन गर्दै उम्ेदवार माधव प्रसाद बास्तोला (मधु) ले नेपाली काँग्रेसले जेन्जीका मागलाई आफ्‌नो प्रमुख एजेण्डाको रुपमा मात्र नभई उनीहरुलाई सँगसँगै लिएर अगाडि वढ्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रजातन्त्र, व्यक्ति स्वतन्त्रता, स्वतन्त्र प्रेस र न्यायलयप्रति विश्वास राख्ने नेपाली काँग्रेसको सामाजिक सञ्जाल बन्द गर्ने उद्देश्य छैन्, बन्दपनि गर्दैन उनले भने “सूचना प्रविधिमा विश्व सागुरो भएको क्षणमा काँग्रेसले सामाजिक सञ्जाल बन्द गर्ने कल्पना पनि गर्न सक्दैन ।” सुशासनको पक्षमा सधै खरो उत्रदै आएको काँग्रेसले वि.स. २०४६ सालपछि पनि भ्रष्टाचार गरेको आरोपमा काँग्रेसका केही मन्त्रीहरलाई कारवाही गरेको इतिहास रहेको उनले सुनाए ।

जेन्जी समुहले गरेको आन्दोलन सामाजिक सञ्जाल खुला र सुशासनका पक्षमा हो, उनीहरु सत्तामा जानका लागि आन्दोलन गरेका थिएनन्, जेन्जीका एजेण्डा सही छन्, त्यसमा मेरो पूर्ण समर्थन छ, उम्मेदवार बास्तोलाले भने–काँग्रेस जेन्जीलाई सँगै लिएर उनीहरुको मागलाई पूरा गर्न चाहन्छ ।

युवाको काँधमा नेतृत्व प्रदान गर्नका लागि काँग्रेसले जोखिम मोलेर भएपनि विशेष अधिवेशन गर्‍यो, युवाको हातमा नेतृत्व पुग्यो, देशको राजनीतिक महोल पनि परिवर्तन भयो, यतिवेला जेन्जी समुह र युवावर्ग काँग्रेसको नेतृत्वको खुलेर प्रशंसा गर्न लागेका छन्, अव युवा र जेन्जीका माग पार्टी सभापति गगनकुमार थापाले सम्बोधन गर्नुहुन्छ, उम्मेदवार बास्तोलाले भने–काँग्रेस बदलिएको छ, अब देश बदल्छौ, ।

आफू नेपाली जनताका चाहना पुरा गर्नका लागि उम्मेदवारको रुपमा खडा भएको र मतदाताका साझा समस्या सदनमा लाने प्रतिवद्धता समेत उनले व्यक्त गरे । कास्की निर्वाचन क्षेत्रनं ७ र १५ को चुनावी सम्पर्क कार्यालय उद्घाटनका क्रममा नेपाली कााग्रेसका नेताहरु सोभियतबहादुर अधिकारी, वृन्दादेवी राना, वीरेन्द्रनारायण विजुक्छे, ऋषि काफ्‌ले, केशर निर्दोषी, नम्रता बजार, शोभाचन्द्र बराल, विजयराज आचार्य, नवीन बराल, तारा पाखे, सुशील पराजुली लगायतले आफ्‌ना भनाइ राखेका थिए । उम्मेदवार बाँस्तोला आजै पोखरा–७, १५ र पोखरा २१ स्थित मट्टीखानका मतदाताको सुझा संकलन गर्नुको साथ मत माग्नुभएको थियो ।

त्यसैगरी आज आइतबार पोखरा–१६ मा चुनाव प्रचारप्रसार कार्यालय स्थापना भएको छ भने स्थानीयसँग सुझाव संकलन समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *