स्थानीय कल संस्कृतिको संरक्षण गर्न महोत्सव

खेलकुद प्रदेश समाचार

धाराखबर समाचारदाता

पोखरा, १६ पुस । स्थानीय कला, संस्कृति र वेशभूषाको संरक्षण, सूचना प्रविधि एवं औद्योगिक तथा हस्तकलाका सामग्री प्रदर्शनी र बिक्री गर्ने उद्देश्यका साथ पोखरा महोत्सव आयोजना गरिएको छ ।

“युवाको जाँगर राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराका साथ युनाईटेड क्लव पोखराले १४ औं संस्करणको पोखरा महोत्सव गर्न लागेको हो । यही पुस २९ गतेदेखि माघ ११ गतेसम्म पोखरा–१० को अमरसिंह चौरमा उक्त महोत्सव गर्न लागिएको जानकारी क्लवद्धारा आज (बुधबार) यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइएको हो ।

अघिल्ला वर्षहरुको महोत्सवबाट प्राप्त मुनाफा शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन पवद्र्धनमा खर्च गर्दै आएको जानकारी क्लवका अध्यक्ष लोकबहादुर थापाले दिनुभयो । महोत्सवको मुनाफाबाट क्लवले पोखरा र आसपासका क्षेत्रमा रहेका २० वटा सामुदायिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरी विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति दिनुको साथै ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको जानकारी अध्यक्ष थापाले दिनुभयो ।

त्यस्तै खेलकुद प्रतियोगिता आयोजना तथा पर्यटन प्रवद्र्धन गर्दै आएको छ भने पोखराको लेखनाथस्थित पचभैयामा खुला चिडियाखानाको अवधारणा तथा निर्माणको पहल गर्नुको साथै पोखराको सेती नदीको खोँचको छेउमा तारजाली लगाउने र हालै पोखराको लेखनाथस्थित अर्चलेमा ६० लाख रुपैयाँको लागतमा आर्थिक विपन्न परिवारका वालवालिकालाई लक्षित गरी युनाईटेड छात्रावास निर्माण भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

दुई हप्ता चल्ने उक्त महोत्सवमाबाट एक करोड ५१ लाख ७५ हजार आम्दानी र खर्च एक करोड २३ लाख ६० हजार खर्च र मुनाफा २८ लाख १५ हजार हुने अनुमान गरिएको जानकारी महोत्सवका संयोजक राजु श्रेष्ठले दिनुभयो । दुई सय ५० स्टल रहने उक्त महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजक संस्थाले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *