विकास निर्माण र जनताका समस्या समाधान लाग्छु– रानाभाट

प्रदेश समाचार मुख्य समाचार राजनीति

धाराखबर समाचारदाता

पोखरा, १५ माघ । नेपाली काँग्रेसको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं १ का उम्मेदवार तिलक रानाभाटले विकास निर्माण र जनताका बीचमा रहेका समस्या समाधान गर्ने लक्ष्यका साथ आफू निर्वाचनमा होमिएको बताउनुभएको छ ।

नेपाली काँग्रेस कास्कीले निर्वाचन क्षेत्र नं १ को चुनावी अभियान अन्तरगत विहीबार पोखरा–१३ मा सम्पर्क कार्यलय स्थापना गर्दै उम्मेदवार रानाभाटले आफू जनताका हरेक समस्याको समाधानमा सक्रिय भएर लाग्ने बताउनुभएको हो ।

उक्त सम्पर्क कार्यालय कास्कीको तत्कालीन थुमाकोडाँडा गाविसका पूर्व अध्यक्ष कर्णबहादुर गुरुङले उद्घाटन गर्नुभएको हो । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले समाजमा रहेका बेथितिहरूको अन्त्य काँग्रेसले मात्रै गर्न सक्ने दावी गर्नुभयो । तयारी स्वरूप नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको संयोजकत्वमा पाँच हजार एक सदस्य रहेको निर्वाचन परिचालन मूल समिति गठन गरेको सहसचिव नवीन सिग्देलले जानकारी दिनुभयो ।

त्यस्तै कास्की काँग्रेसको बैठकले बाबुराम गिरीको संयोजकत्वमा ७ सदस्य रहेको निर्वाचन व्यवस्थापन सचिवालय गठन गरेको बताइएको छ । जसको सदस्यहरूमा युवक लामिछाने, रामजीप्रसाद कोइराला, सीता शर्मा, विष्णु अधिकारी, भरतप्रसाद तिवारी र गणेश थापा रहेका छन् ।

साथै इन्जिनियर सागर मोहन भट्टराईको संयोजकत्वमा अर्थ समिति गठन गरिएको छ। जसको सदस्यहरूमा चौबहादुर गुरुङ, बुद्धिमान गुरुङ, सुरेन्द्र अधिकारी र श्याम गुरुङ रहेका छन् । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा कार्यसमिति १३ का सभापति माधवप्रसाद सिग्देलको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *