यस्तो छ ओली–लेखकलाई पक्राउ गर्न गृहले पुलसि दिएको आदेश

मुख्य समाचार राजनीति

धाराखबर समाचारदाता

पोखरा, १४ चैत । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन ल्याएको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेलगत्तै पूर्वप्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको हो।

ओली–लेखकलाई पक्राउ गर्न गृह मन्त्रालयले पुलिस हेडक्वार्टरलाई दिएको र हेडक्वार्टरले जिल्लालाई दिएको आदेशको पत्र सार्वजनिक भएको छ।

पत्रमा भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले नेपाल सरकार समक्ष पेस गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न भन्दै दुई बुँदे निर्देशनसहितको पत्र पठाएपछि प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *