धाराखबर समाचारदाता
पोखरा, ८ माघ । कास्की निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका अधिकांशउम्मे्दवारको एजेण्डा सुशासन र समृद्धि रहेको छ ।
कास्की निर्वाचन क्षेत्र नं १ बाट मनोननय पत्र पेश गरेका अधिकांश उम्मेदवारले आफ्नो प्रमुख चुनावी एजेण्डा सुशासन र समृद्धि नै बनाएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालय रामघाटका अनुसार यस क्षेत्रमा साना र ठूला गरी १६ वटा राजनीतिक दल र १ जना स्वतन्त्र गरी कूल १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका तिलकबहादुर रानाभाटले गण्डकी प्रदेश जलविद्युत, पर्यटक र कृषिको सम्भावना नै सम्भावना भएकोले यस क्षेत्रको विकास गर्दै देशमा आर्थिक समृद्धिसँगै सुशासनमा जोड दिने भनाइ राख्नुभयो । “नेपाली जनता शिक्षित र स्वस्थ भएभने मात्र देशले हरेका क्षेत्रको विकासमा छिटो फड्को मार्न सक्छ, उहाँले भन्नुभयो–जेन्जी आन्दोलनमा जलेका संरचना पुन निर्माणमा पनि आफ्नो ध्यान केन्द्रित हुने छ ।”
त्यस्तै कास्की निर्वाचन क्षेत्र नं १ अन्तरगत नेकपा एमालेका उम्मेदवार बैनबहादुर अधिकारी (क्षेत्री) ले नेपाली जनताका चाहना पूरा गर्दै देशमा आर्थिक समृद्धि ल्याउने र देशलाई शान्तिको वाटोमा अगाडि वढाउने बताउनुभयो । साथै उहाँले नेपालको राजनीतिमा विदेशी चलखेल भएको आरोप पनि लगाउनुभयोे ।
राष्ट्रिय स्वतन्त्र पार्टीक उम्मेदवार गनेश पौडेलले नेपाली जनतालाई सुशासन र समृद्धि दिनुको साथै देशलाई विकास निर्माणको वाटोमा लान युवाहरुको भूमिका महत्वपूर्ण रहने हुँदा अमाफ्नो पार्टी युवालाई समेट्दै अगाडि वड्ने बताउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजकाजी गुरुङले आर्थिक विपन्न परिवारको आर्थिक स्तर वृद्धि गर्ने अभियानान आफू लागिपर्ने बताउँदै उहाँले देशको अर्थतन्त्र सुधारका लागि कृषि, पर्यटन र जलविद्युत आयोजना संचालनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
कास्की निर्वाचन क्षेत्र क्षेत्र नम्बर १ मा उज्यालो नेपाल पार्टीको तर्फबाट युवा उम्मेदवार मनिषा द्वाले राजनीतिमा युवा र विज्ञहरूको हस्तक्षेप आवश्यक रहेको र युवाले नै देशको भविष्य निर्माण गर्न सक्ने कुरामा जोड दिनुभयो ।
नेपाली कांग्रेसका तर्फबाट तिलक बहादुर रानाभाट र नेकपा एमालेबाट बैन बहादुर क्षेत्री (अधिकारी) ले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, नेपाली कम्युनिष्ट पाटीृबाट राजकाजी गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट खडक राज पौडेल (गनेश) र नेकपा माओवादीबाट कुमार परियार चुनावी मैदानमा उत्रिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट बाबुराम थापाले मनोनयन दर्ता गराएका छन् ।
यस क्षेत्रमा अन्य राजनीतिक दलहरूबाट पनि उल्लेख्य उम्मेदवारी परेको छ । उज्यालो नेपाल पार्टीबाट मनिसा द्वा, राष्ट्रिय जनमोर्चाबाट रवि मोहन ढकाल, जनता समाजवादी पार्टी नेपालबाट राम काजी चर्माकार र आम जनता पार्टीबाट हर्क बहादुर थापाले उम्मेदवारी दिएका छन् । यस्तै, मंगोल नेशनल अर्गनाइजेसनबाट श्रीमान थापा, नेपाल जनमुक्ति पार्टीबाट मिन बहादुर दर्जी र नेशनल रिपब्लिक नेपालबाट यज बहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।
अन्य साना दलहरूमा नेपाल मानवताबादी पार्टीबाट आश बहादुर दमै, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कर्ण बहादुर गुरुङ, श्रम संस्कृति पार्टीबाट विल बहादुर तामाङ लामा र नेपाली कम्युनिष्ट पार्टीबाट राजकाजी गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) बाट पनि उम्मेदवारी परेको छ । स्वतन्त्र उम्मेदवारका रूपमा कृष्ण बहादुर राउतले मनोनयन दर्ता गराएका छन् ।
