Warning: Undefined array key "url" in /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php on line 127

Warning: Undefined array key "path" in /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php on line 128

Warning: Cannot modify header information - headers already sent by (output started at /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php:127) in /home1/dharakha/public_html/wp-includes/feed-rss2.php on line 8
होराइजन क्लब – News Portal https://dharakhabar.com My WordPress Blog Wed, 28 Jan 2026 16:27:58 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.4 https://dharakhabar.com/wp-content/uploads/2025/11/cropped-Add-a-heading-6-32x32.png होराइजन क्लब – News Portal https://dharakhabar.com 32 32 होराइजन क्लब र नेपाल प्रहरी २६ औं आदर्श कपको फाइनलमा https://dharakhabar.com/2026/01/28/%e0%a4%b9%e0%a5%8b%e0%a4%b0%e0%a4%be%e0%a4%87%e0%a4%9c%e0%a4%a8-%e0%a4%95%e0%a5%8d%e0%a4%b2%e0%a4%ac-%e0%a4%b0-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9/ https://dharakhabar.com/2026/01/28/%e0%a4%b9%e0%a5%8b%e0%a4%b0%e0%a4%be%e0%a4%87%e0%a4%9c%e0%a4%a8-%e0%a4%95%e0%a5%8d%e0%a4%b2%e0%a4%ac-%e0%a4%b0-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9/#respond Wed, 28 Jan 2026 16:27:54 +0000 https://dharakhabar.com/?p=781 धाराखबर समाचारदाता

पोखरा, १४ माघ । होराइजन क्लब स्याङ्गजा र नेपाल प्रहरी गण्डकी प्रदेशको समुह २६ औं आदर्श कपको फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

आदर्श युवा क्लव लेखनाथद्धारा आयोजित लेखनाथको भण्डारढिकमा माघ ९ देखि सुरु भएको २६ औ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता अन्तर्गत बुधवार होराइजन क्लबले जिल्ला खेलकुद विकास समिति म्याग्दीको समुहलाई १–० गोल अन्तरले पराजित गरेपछि होराइजन क्लव फाइनलमा पुगेको हो ।

त्यस्तै मंगलवारको विजेता नेपाल प्रहरी गण्डकी प्रदेशको समुहसँग फाइनल खेल खेल्ने भएको हो । प्रहरीले तनहुँ जिल्ला फुटबल विकास समितिको टिमलाई पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

होराइजन क्लव स्याङ्जा र नेपाल प्रहरी गण्डकी प्रदेशबीच माघ १६ गते फाइनल खेल हुने छ । प्रतियोगितामा प्रथम हुनेलाई रु. ४ लाख ९९ हजार ९सय ९९ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने समुहलाई रु. ३ लाख ३३ हजार ३ सय ३३ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी उक्त प्रतियोगिताका संयोजक पदम गुरुङले दिनुभयो ।

बुधबारको खेलमा होराइजन क्लब स्याङ्गजाको टीमका जर्सी नं ११ का खेलाडी टिकाराज गुरुङ्गले खेलको ७३ औ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। उनी बुधवारको म्यान अफ द म्याच बन्न सफल भई पाँच हजार पुरस्कार प्राप्त गरेका छन् ।

उत्कृष्ट खेलाडीलाई पच्चीस हजार रुपैयाँका साथै उच्च गोलकर्ता, उत्कृष्ट प्लेमेकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट कोचलाई पन्ध्रपन्ध्र हजार रुपैयाँले पुरस्कृत गरिने बताइएको छ ।

]]>
https://dharakhabar.com/2026/01/28/%e0%a4%b9%e0%a5%8b%e0%a4%b0%e0%a4%be%e0%a4%87%e0%a4%9c%e0%a4%a8-%e0%a4%95%e0%a5%8d%e0%a4%b2%e0%a4%ac-%e0%a4%b0-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9/feed/ 0