Warning: Undefined array key "url" in /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php on line 127

Warning: Undefined array key "path" in /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php on line 128

Warning: Cannot modify header information - headers already sent by (output started at /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php:127) in /home1/dharakha/public_html/wp-includes/feed-rss2.php on line 8
सुझाव सुन्दै मत माग्दै – News Portal https://dharakhabar.com My WordPress Blog Tue, 03 Feb 2026 16:20:20 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.4 https://dharakhabar.com/wp-content/uploads/2025/11/cropped-Add-a-heading-6-32x32.png सुझाव सुन्दै मत माग्दै – News Portal https://dharakhabar.com 32 32 मतदाताको सुझाव सुन्दै मत माग्दै https://dharakhabar.com/2026/02/03/%e0%a4%ae%e0%a4%a4%e0%a4%a6%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%81%e0%a4%9d%e0%a4%be%e0%a4%b5-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%ae%e0%a4%a4/ https://dharakhabar.com/2026/02/03/%e0%a4%ae%e0%a4%a4%e0%a4%a6%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%81%e0%a4%9d%e0%a4%be%e0%a4%b5-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%ae%e0%a4%a4/#respond Tue, 03 Feb 2026 16:20:16 +0000 https://dharakhabar.com/?p=813 धाराखबर समाचारदाता

पोखरा, २० माघकसैलाई बाँदरले उठिबास लगाएको चिन्ता छ भने कोही बाटो कालोपत्र नभएको गुनासो गर्छन् । कसैको देशमा रोजगारी र सुशासन नहुँदा अहिलेको अवस्था सृजना भएको गुनासो छ । मतदाताका यस्तै गुनासा सुन्दै नेकपा कास्कीका उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।

चुनावका बेला नेताहरु गाउँघरमा देखिने गरेको मतदाताहरुको गुनासो छ । मंगलबार मादीको मुंग्री बेंसीबाट गोर्जे, रबैडाँडा हुँदै गहतेको घरदैलोमा नेकपा कास्की १ का उम्मेदवार राजकाजी गुरुङ (करण) सहभागी बने । उनले संघमा साविक माओवादी केन्द्र नेतृत्वको सरकार हुँदा थुप्रै योजनामा बजेट राखेको स्मरण गर्दै यसपाली आफू र आफ्‌नो पार्टीलाई मतदान गर्न आग्रह गरे ।

‘कास्की १ मा २०६४ र २०६५ मा जस्तै यहाँहरुको मत हामीलाई आवश्यक छ,’ उनले भने, ‘व्यवस्था हामीले फेरेका हौँ, हामी पुरानामध्ये नयाँ हौ, नयाँमध्ये पुराना हौँ । नेकपाकै नेतृत्वमा मात्र देशको समृद्धि सम्भव छ ।’ जनताको सरोकारका पूर्वाधार र रोजीरोटीका एजेन्डा उठाएर सधैं जनताकै साथमा रहने वाचा गरे । ‘जित्ने नै हो, जनताको हामीलाई साथ छ । हारे पनि जनताका एजेन्डा पूरा गर्न लाग्छौं ।’

कास्की २ का उम्मेदवार किरण थापा (आमोद) मंगलबार पोखरा २१ मा घरदैलोमा छन् । व्यावसायिक फलफूलखेतीसहित पर्यटनका योजना सुनाउँदै उनले जसको एजेन्डामा देशअघि बढेको छ, उसैको नेतृत्व हुनुपर्नेमा जोड दिए । ‘हाम्रो एजेन्डा हो संघीयता, नयाँ संविधान, गणतन्त्र,” उनले भने, ‘हाम्रै नेतृत्वमा मात्र यो व्यवस्था सफल हुन सक्छ ।’ कास्की कसैको गढ भन्ने नरहेको जनाउँदै उनले पुराना गढहरु भत्किएको र जनताले संविधानको रक्षा र परिवर्तनको एजेज्डा बोकेको नेकपासँग धेरै अपेक्षा राखेका छन् ।

कास्की क्षेत्र नम्बर ३ मा मंगलबार प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार गोपाल गिरी र समानुपातिक उम्मेदवार कृष्ण नेपालीसहित अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ र ७ मा सम्पर्क कार्यालय स्थानासँगै घरदैलोमा छन् । उम्मेदवार गिरीले आफूले स्थानीयका समस्या राम्ररी बुझेको जनाउँदै समाधानको खाकासमेत भएको जनाए । ‘बाँदर नियन्त्रण गर्न पनि तपाईहरुकै सुझावअनुसार अघि बढ्छु । शिक्षा, स्वास्थ्य, रोजगारको अधिकार प्रत्याभूति गर्न नीति निर्माणमा लाग्छु,’ उनले भने ।

]]>
https://dharakhabar.com/2026/02/03/%e0%a4%ae%e0%a4%a4%e0%a4%a6%e0%a4%be%e0%a4%a4%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a5%81%e0%a4%9d%e0%a4%be%e0%a4%b5-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%88-%e0%a4%ae%e0%a4%a4/feed/ 0