Warning: Undefined array key "url" in /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php on line 127

Warning: Undefined array key "path" in /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php on line 128

Warning: Cannot modify header information - headers already sent by (output started at /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php:127) in /home1/dharakha/public_html/wp-includes/feed-rss2.php on line 8
समानुपातिक विधि मिचिय सच्याउँछौ – News Portal https://dharakhabar.com My WordPress Blog Wed, 31 Dec 2025 16:25:23 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.4 https://dharakhabar.com/wp-content/uploads/2025/11/cropped-Add-a-heading-6-32x32.png समानुपातिक विधि मिचिय सच्याउँछौ – News Portal https://dharakhabar.com 32 32 समानुपातिक विधि मिचिय सच्याउँछौ– लामिछाने https://dharakhabar.com/2025/12/31/%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a5%81%e0%a4%aa%e0%a4%be%e0%a4%a4%e0%a4%bf%e0%a4%95-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%bf-%e0%a4%ae%e0%a4%bf%e0%a4%9a%e0%a4%bf%e0%a4%af-%e0%a4%b8%e0%a4%9a/ https://dharakhabar.com/2025/12/31/%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a5%81%e0%a4%aa%e0%a4%be%e0%a4%a4%e0%a4%bf%e0%a4%95-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%bf-%e0%a4%ae%e0%a4%bf%e0%a4%9a%e0%a4%bf%e0%a4%af-%e0%a4%b8%e0%a4%9a/#respond Wed, 31 Dec 2025 16:25:20 +0000 https://dharakhabar.com/?p=653 धाराखबर समाचारदात


पोखरा, १६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विधि मिचिएको अवस्था भए रास्वपामा राईट टु रिकल हुने बताएका छन् ।

सूर्य दर्शन सहकारी ठगी मुद्दामा तारिख बुझ्न पोखरा आएका उनले बुधबार पोखराका पत्रकारसँग कुरा गर्दै सोमबार बुझाइएको समानुपातिक उम्मेदवारको नामावलीमा विधि मिचिएको पाईए राईट टु रिकल गरिने बताएका हुन् ।

रास्वपाले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा नेताका आफ्ना आफन्त रहेको पाइएको छ । जसका कारण अहिले सामाजिक सञ्जालमा नयाले नै विधि मिचेको भन्दै आलोचना भइरहेको छ । सो प्रसङ्गमा बोल्दै सभापति लामिछानेले विधि भन्दा बाहिर पार्टी नजाने स्पष्ट पारे । रास्वपामा विधि छ, विधिमा रास्वपा हिंड्छ, विधिभन्दा बाहिर हामी कुनै हालतमा जाँदैनौं,उनले भने,‘कथमकदाचित यी सबै विधिहरू नाघिएको रहेछ भने राइट टू रिकलको व्यवस्था रास्वपाको विधानले नै गरेको छ ।’ उनले रास्वपा परिवारवादमा स्पष्ट रहेको बताए ।

सभापति लामिछानेले छोटो समयमा समानुपातिक उम्मेदवारको बन्दसूची तयार पार्नु परेकाले त्रुटीहरु भएका हुनसक्ने बताए । तर त्यसलाई सच्याईने उनको भनाइ थियो । बन्दसूची बुझाउने बेलामा कुलमानसँग सहमती गर्दै थियौं,उनले अगाडि थपे, यस्तै केहि कारणले केही समस्या भएको हुनसक्छ । र यसो भएको भए त्यसलाई रिभ्यू गरिन्छ ।’

‘हामी सचेत छौं । तर समयले गर्दा अरु दुई दिन पनि अरु केही विवाद छन् कि भनेर हामी वेट गरेका छौं । यो दुई दिनमा जति पनि जायज गुनासो छन्, सबै सम्बोधन गर्दौं । किनभने हामीले बोक्नुपर्ने एक जना मान्छे पनि छैन पार्टीमा,’ लामिछानेले भने ।
सभापति लामिछानेले रास्वपाले भागवण्डामा विस्वास नगर्ने बताए । बालेन र रवीबीच पार्टी सभापति र भावी प्रधानमन्त्री भनेर भागवण्डा गरेको भन्दै विपक्षीहरुले कटाक्ष गरिरहेको बेला उनले यसलाई भागवण्डा नभनिने बताए ।

यो जिम्मेवारी बाँटफाँट मात्र हो,उनले भने,‘पार्टीकसले चलाउने ? पार्टीले बहुमत ल्याएको खण्डमा प्रधानमन्त्री को बन्ने ? भन्ने विषयमा जिम्मेवारी बाँडफाँट गरेका हौं ।’

फरक प्रसङ्गमा उनले रास्वपाले आफूलाईबाहेक अरुका लागि निर्वाचनमा भोट नमाग्ने स्पष्ट पारे । पछिल्लो समय चुनावी गठबन्धन गरेर एकले अर्कोलाई भोट माग्ने गरेकोतर्फ ईंगित गर्दै उनले भने,‘रास्वाले आफ्नो पार्टीलाई, आफ्नो उम्मेदवारलाई र आफ्नो चुनाव चिह्नमा भन्दा अरुलाई भोट माग्दैन । रास्वपा हो, घण्टी हो, त्योभन्दा अर्को पार्टी र चुनाव चिह्न छैन र हुँदैन । कसैका लागि भोट पनि मागिन्न ।’

]]>
https://dharakhabar.com/2025/12/31/%e0%a4%b8%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a5%81%e0%a4%aa%e0%a4%be%e0%a4%a4%e0%a4%bf%e0%a4%95-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a4%bf-%e0%a4%ae%e0%a4%bf%e0%a4%9a%e0%a4%bf%e0%a4%af-%e0%a4%b8%e0%a4%9a/feed/ 0