Warning: Undefined array key "url" in /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php on line 127

Warning: Undefined array key "path" in /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php on line 128

Warning: Cannot modify header information - headers already sent by (output started at /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php:127) in /home1/dharakha/public_html/wp-includes/feed-rss2.php on line 8
वडा नं. २६ को लक्ष्मी माध्यामिक विद्यालय – News Portal https://dharakhabar.com My WordPress Blog Mon, 05 Jan 2026 16:06:31 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.4 https://dharakhabar.com/wp-content/uploads/2025/11/cropped-Add-a-heading-6-32x32.png वडा नं. २६ को लक्ष्मी माध्यामिक विद्यालय – News Portal https://dharakhabar.com 32 32 दुई करोेडको लागतमा पुस्तकालय भवन निर्माण हुने https://dharakhabar.com/2026/01/05/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a5%87%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%a4/ https://dharakhabar.com/2026/01/05/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a5%87%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%a4/#respond Mon, 05 Jan 2026 16:06:28 +0000 https://dharakhabar.com/?p=673
धाराखबर समाचारदाता

पोखरा महानगरपालिका वडा नं. २६ को लक्ष्मी माध्यामिक विद्यालयमा झण्डै दुई करोड रुपैयाको लागतमा पुस्तकालय भवन निर्माण हुने भएको छ ।

लायन्स क्लव इन्टरनेशनलको अनुदान, विद्यालय र स्थानीय सहयोगमा पुस्तकालय भवनको निर्माण हुन लागेको हो ।
भवनको सोमबार शिलन्यास गर्दै, पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले, पुस्तकालयको निर्माणपछि विद्यार्थी, शिक्षक र समुदायको शैक्षिक गुणस्तर सुधारका लागि कोशे ढुंगा सावित हुने उल्लेख गर्नु भयो ।

वडा अध्यक्ष थापाले पूर्व विद्यार्थीहरुको सहयोगले सामुदायीक विद्यालयको सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँले पूर्व विद्यार्थीहरु जो जहाँ भएपनि आफु पढेको विद्यालयले आफुलाई दिएको शिक्षाको स्मरण गरेमात्र ठुलो सहयोग मिल्ने उल्लेख गर्नु भयो ।

पुस्तकालय निर्माणपछि त्यसमा आवश्यक पाठ्य तथा सूचना प्रविधिका सामाग्रीका लागि सहयोग गर्न पूर्व विद्यार्थीहरुलाई आब्हान गर्नु भयो ।

कार्यक्रममा लायन्स क्लव अफ इन्टरनेशनल ३२५ आईका निर्वतमान गर्भर विनोद ढुंगानाले आफुले अध्ययन गरेको विद्यालयमा लायन्स क्लव मार्फत जोडिन पाउँदा खुसी लागेको बताउनु भयो । उहाँले आफु डिस्ट्रीक गर्भनर हुँदा परिकल्पना गरेको कार्यक्रम लायन्सको अन्तराष्ट्रिय फण्ड मार्फत संभव भएको स्पष्ट पार्नु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम बहादुर गुरुडको अध्यक्षतामा भएको भवन सिलन्यास कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जगन्नाथ अधिकारी र निर्माण व्यवसायी भक्त बहादुर बानियाले निर्धारित समयमा काम सकिनेमा विश्वस्त रहन आग्रह गर्नुभयोे ।

लायन्स क्लव इन्टनरनेशनल ३२५आई मार्फत प्राप्त परियोजनाको लागत एक करोड ९७ लाख रुपैया रहेको छ । भवन निर्माणका लागि लायन्स फाउण्डेसनबाट एकलाख अमेरिकी डलर अनुदान प्राप्त भएको छ भने बाँकी रकम विद्यालय र स्थानीय सहयोगदाताले जुटाउने विद्यालयका प्रधानाध्यापक अधिकारीले जानकारी दिनु भयो ।

भवन टिम वान कन्स्ट्रक्सन कम्पनीले आठ महिनामा सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गर्नेछ । भवन निर्माणका लागि लायन्स क्लव अफ पोखरा अर्घौले समन्वय गरेको निर्वतमान गर्भनर ढुंगानाले जानकारी दिए ।

भवन सिलन्यास कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ आई का लिडर, विद्यालयका शिक्षक, कर्मचारी, स्थानीय समाजसेवी, शिक्षाप्रेमी, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

]]>
https://dharakhabar.com/2026/01/05/%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%95%e0%a4%b0%e0%a5%8b%e0%a5%87%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a5%81%e0%a4%b8%e0%a5%8d%e0%a4%a4/feed/ 0