Warning: Undefined array key "url" in /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php on line 127

Warning: Undefined array key "path" in /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php on line 128

Warning: Cannot modify header information - headers already sent by (output started at /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php:127) in /home1/dharakha/public_html/wp-includes/feed-rss2.php on line 8
लोकतन्त्रको उत्तम विकल्प निर्वाचन – News Portal https://dharakhabar.com My WordPress Blog Tue, 13 Jan 2026 13:52:11 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.4 https://dharakhabar.com/wp-content/uploads/2025/11/cropped-Add-a-heading-6-32x32.png लोकतन्त्रको उत्तम विकल्प निर्वाचन – News Portal https://dharakhabar.com 32 32 लोकतन्त्रको उत्तम विकल्प निर्वाचन–मन्त्री श्रेष्ठ https://dharakhabar.com/2026/01/13/%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%ae-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%b2%e0%a5%8d%e0%a4%aa/ https://dharakhabar.com/2026/01/13/%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%ae-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%b2%e0%a5%8d%e0%a4%aa/#respond Tue, 13 Jan 2026 13:52:08 +0000 https://dharakhabar.com/?p=722 धाराखबर समाचारदाता

पोखरा, २९ पुस । महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले लोकतन्त्रको उत्तम विकल्प निर्वाचन भएकाले सबै राजनीतिक दलहरु फागुन २१ गतेको निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभएको छ ।

युनाईटेड क्लव पोखरा–१० ले यही पुस २९ देखि माघ ११ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना गरेको १४ औं सस्करणको पोखरा महोत्सवको आज (मंगलबार) उद्घाटन गर्दै मन्त्री श्रेष्ठले तोकिएकै मितिमा निर्वाचन हुने र निर्वाचनमा सबै दलहरु उत्साहका साथ लाग्नु पर्ने भनाइृ राख्नु भएको हो ।

यस्ता महोत्सवले स्थानीयस्तरको आर्थिक चलायमान हुनुको साथै पर्यटकीय क्षेत्र पोखराको पर्यटन पवद्र्धनमा सहयोग पुग्न विश्वास उहाँको छ । सौन्दर्यले भरिपूर्ण पोखराको सुन्दरतालाई विग्रन नदिन पोखराबासीहरु नै लाग्नुपर्नेमा भनाइ उहाँको छ ।

गण्डकी प्रदेशका सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले महोत्सवबाट प्राप्त मुनाफाले शिक्षा, स्वास्थ्य, पर्यटन र खेलकुद क्षेत्रको विकासमा सहयोग गर्दै आएको उक्त क्लव पोखराकामा उदाहरणीय बनेको बताउनुभयो ।

यस्ता महोत्सवले आर्थिक चलायमान मात्र नभई जमतजाति बिचको एकभतालाई बलियो बनाउनुको साथै स्थानीय कला संस्कृतिको संरक्षणमा समेत मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“युवाको जाँगर राष्ट्र निर्मार्णको आधार” भन्ने मूल नाराका साथ मंगलबारदेखि सुरु भएको महोत्सवको मुनाफाबाट क्लवले वार्षिक रुपमा शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा खर्च गर्दै आएको र पोखरामा चिडिया खानाको अवधारणा समेत क्लवले ल्याएको हो ।

महोत्सवको मुनाफाबाट क्लवले पोखरा र आसपासका क्षेत्रमा रहेका २० वटा सामुदायिक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरी विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति दिनुको साथै ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको जानकारी क्लवका अध्यक्ष लोकबहादुर थापाले दिनुभयो ।

दुई हप्ता चल्ने उक्त महोत्सवबाट एक करोड ५१ लाख ७५ हजार आम्दानी र खर्च एक करोड २३ लाख ६० हजार र मुनाफा २८ लाख १५ हजार हुने अनुमान गरिएको छ । दुई सय ५० स्टल रहने उक्त महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजक संस्थाले गरेको छ ।

महोत्सवको मुख्य आकर्षणमा राष्ट्रिय लोक गीतका कलाकारहरु प्रकाश सपुत, वद्री गंगेनी, शान्तिश्री परियार, रबि कार्की, समीक्षा अधिकारी अर्जुन सापकोटा, प्रिती आले, प्रकाश दुतराज, अस्मिता अधिकारी, शान्तारानी परियार, सम्झना लामिछाने रहने जानकारी महोत्सवका प्रचारप्रसार संयोजक दिनेश सुनारले दिनुभयो । यस अघि पोखराका विभिन्न भागबाट स्थानीय वेशभूषामा निस्केको झाकीसहितको र्‍याली महोत्सव स्लथमा पुगेका थिए ।

]]>
https://dharakhabar.com/2026/01/13/%e0%a4%b2%e0%a5%8b%e0%a4%95%e0%a4%a4%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%ae-%e0%a4%b5%e0%a4%bf%e0%a4%95%e0%a4%b2%e0%a5%8d%e0%a4%aa/feed/ 0