Warning: Undefined array key "url" in /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php on line 127

Warning: Undefined array key "path" in /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php on line 128

Warning: Cannot modify header information - headers already sent by (output started at /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php:127) in /home1/dharakha/public_html/wp-includes/feed-rss2.php on line 8
महिलाको उम्मेदवारी कम – News Portal https://dharakhabar.com My WordPress Blog Thu, 22 Jan 2026 16:17:46 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.4 https://dharakhabar.com/wp-content/uploads/2025/11/cropped-Add-a-heading-6-32x32.png महिलाको उम्मेदवारी कम – News Portal https://dharakhabar.com 32 32 गण्डकीका एघार जिल्लामा महिलाको उम्मेदवारी कम https://dharakhabar.com/2026/01/22/%e0%a4%97%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%95%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%8f%e0%a4%98%e0%a4%be%e0%a4%b0-%e0%a4%9c%e0%a4%bf%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%ae/ https://dharakhabar.com/2026/01/22/%e0%a4%97%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%95%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%8f%e0%a4%98%e0%a4%be%e0%a4%b0-%e0%a4%9c%e0%a4%bf%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%ae/#respond Thu, 22 Jan 2026 16:17:43 +0000 https://dharakhabar.com/?p=756 धाराखबर समाचारदाता

पोखरा, ८ माघ । गण्डकी प्रदेशमा आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा महिलाको उम्मेदवारी कम परेको छ । हिमाल पारीका जिल्ला मनाङ, मुस्ताङदेखि नवलपुरसम्म ११ वटा जिल्लामा फैलिएको गण्डकी प्रदेशमा १८ वटा निर्वाचन क्षेत्र कायम गरिएको छ ।

प्रदेशभित्रका निर्वाचन क्षेत्रअन्तर्गत कास्कीका तीनवटा क्षेत्रमध्ये क्षेत्र नं १ मा १७ जनाको उम्मेदवारी परेकामा एक जना मात्रै महिला उम्मेदवार हुनुहुन्छ । क्षेत्र नं २ मा १७ जना उम्मेदवारमा एक जना महिला र क्षेत्र नं ३ मा १५ जना उम्मेदवारमध्ये तीन जना महिलाको मात्रै उम्मेदवारी परेको छ ।

दुई वटा निर्वाचन क्षेत्र भएका जिल्लामध्ये स्याङजा क्षेत्र नं १ र २ मा क्रमशः १३ र १५ जनाको उम्मेदवारी परेकामा दुवै क्षेत्रमा एक जना महिलाको पनि उम्मेदवारी परेको छैन । नवलपुर(बर्दाघाट सुस्ता पूर्व)को क्षेत्र नं १ र २ मा १८/१८ जनाको उम्मेदवारी परेकामा क्रमशः दुई र पाँच जना महिलाको उम्मेदवारी परेको छ ।

गोरखाको निर्वाचन क्षेत्र नं १ मा १३ र २ मा १४ जनाको उम्मेदवारी परेकामा क्रमशः दुुई र एक जना महिलाको मात्रै उम्मेदवारी परेको छ । तनहुँको निर्वाचन क्षेत्र नं १ मा १६ र २ मा १२ जनाको उम्मेदवारी परेकामा क्रमशः तीन र एक जना महिलाको उम्मेदवारी परेको छ भने बागलुङको क्षेत्र नं १ मा १० र २ मा १२ जनामध्ये एक/एक जना महिलाको उम्मेदवारी परेको छ । 

एक/एक निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा पर्वतमा १७ जनामध्ये सातजना महिलाको उम्मेदवारी परेको छ भने म्याग्दीमा १३ जनाको उम्मेदवारी परेकामा एकजना पनि महिलाको उम्मेदवारी परेको छैन । लमजुङमा १२ जनाको उम्मेदवारी परेमा एक जना महिला हुनुहुन्छ भने मनाङमा पाँच जनाको उम्मेदवारी परेमा एकजना महिलाको उम्मेदवारी छ । मुस्ताङमा आठ जनाको उम्मेदवारी परेकामा एक जना महिलाको उम्मेदवारी परेको छ । म्याग्दीमा १३ जनाको उम्मेदवारी परेकामा एक जना पनि महिला उम्मेदवार छैनन् ।
]]>
https://dharakhabar.com/2026/01/22/%e0%a4%97%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%95%e0%a5%80%e0%a4%95%e0%a4%be-%e0%a4%8f%e0%a4%98%e0%a4%be%e0%a4%b0-%e0%a4%9c%e0%a4%bf%e0%a4%b2%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%ae/feed/ 0