Warning: Undefined array key "url" in /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php on line 127

Warning: Undefined array key "path" in /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php on line 128

Warning: Cannot modify header information - headers already sent by (output started at /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php:127) in /home1/dharakha/public_html/wp-includes/feed-rss2.php on line 8
भारतीय सवारीसाधन – News Portal https://dharakhabar.com My WordPress Blog Thu, 29 Jan 2026 16:09:49 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.4 https://dharakhabar.com/wp-content/uploads/2025/11/cropped-Add-a-heading-6-32x32.png भारतीय सवारीसाधन – News Portal https://dharakhabar.com 32 32 भारतीय सवारीसाधनको प्रभावकारी व्यवस्थापन तथा अनुगमनका लागि आग्रह https://dharakhabar.com/2026/01/29/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%b8%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%b8%e0%a4%be%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ad%e0%a4%be/ https://dharakhabar.com/2026/01/29/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%b8%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%b8%e0%a4%be%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ad%e0%a4%be/#respond Thu, 29 Jan 2026 16:09:46 +0000 https://dharakhabar.com/?p=784 धाराखबर समाचारदाता

पोखरा, १५ माघ । पोखरा सहित हिमाल पारीका जिल्ला मनाङ मुस्ताङ लगायत पर्यटकीय गन्तव्यमा बीना रुट परमिट जाने भारतीय निजी तथा सार्वजनिक यातायातका साधनको प्रभावकारी अनुुगमनका लागि पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले आग्रह गरेको छ ।

भारतीय पहेलो नम्बर प्लेट भएका सार्वजनिक सवारी साधनसँगै सेतो नम्वर प्लेट भएका निजी सवारी साधनहरू पोखरा सहित आसपासका पर्यटकीय गन्तव्यमा बिना रुट परमिट सिधै गन्तव्यमा पुग्दा दुर्घटना लगायतका समस्यासँगै स्थानीय पर्यटन तथा यातायात व्यवसायी पनि प्रभावित भएको भन्दै संघले सम्बद्ध निकायको ध्यानाकर्षण गराएको हो ।

नेपालका सीमा नजिकका शहरहरूबाट आउने भाडाका विदेशी सवारी साधनहरूले भारतबाटै यात्रु बोकेर पोखरा, मुस्ताङ, मुक्तिनाथ, मनाङ पुग्दा हाई अल्टिच्युुटको कारणले विभिन्न स्वास्थ्य समस्या आउनुुका साथै विदेशी सवारी चालकलाई भौगोलिक अवस्थाको समेत जानकारी नहुँदा दुर्घटना बढेको संघले जनाएको छ । यस्तो अवस्थाको अन्त्यका लागि विदेशबाट आएका सवारी साधनलाई पोखरामा पार्किङ गरी यहाँका स्थानीय सवारी साधन लिएर मात्रै ती गन्तव्यहरूमा जाने व्यवस्था मिलाउनका लागि सहजीकरण गर्न संघबाट यही माघ १२ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा औपचारिक रूपमा ध्यानाकर्षण पत्र बुझाइएको अध्यक्ष दुर्गादत्त दहालले बताउनुुभयो ।

उहाँका अनुुसार संघको ध्यानाकर्षणसँगै जिल्ला प्रशासन कार्यालय कास्कीले विदेशी सवारी साधनको चेकजाँच तथा नियमनका लागि जिल्ला प्रहरी कार्यालय कास्की र यातायात व्यवस्था कार्यालय सवारी, कास्कीलाई पत्राचार गरी प्रभावकारी अनुगमन गर्न निर्देशन समेत दिइसकेको छ ।

प्रशासनको उक्त निर्देशनले यहाँका स्थानीय व्यवसायीलाई ठूलो राहत मिल्ने बताउँदै उहाँले यसको प्रभावकारी कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । भारतीय सवारीसाधनहरू बिना रुट परमिट तथा भन्सार सिधै हिमाली गन्तव्यहरूमा पुुग्ने गरेको पाइएसँगै संघले संस्थागत रुपमा यही माघ ८ गतेदेखि ११ गतेसम्म पोखरा–१ याम्दीमा गरिएको अनुगमनमा थुप्रै भारतीय सवारीसाधन बिना रुट परमिट र भन्सार हिड्ने गरेको पाइएको उहाँले बताउनुुभयो ।

भारतमा करिब २० लाख रुपैयाँ पर्ने सवारी साधन नेपालमा ७०/८० लाख रुपैयाँसम्म खर्च गरेर चलाउनुपर्ने अवस्थामा भारतीय निजी तथा सार्वजनिक सवारी साधनले बिना रुट परमिट सिधै पर्यटकीय गन्तव्यहरूमा पुुग्दा यहाँका स्थानीय पर्यटक यातायात व्यवसायीहरू मर्कामा समेत परिरहेको उहाँको भनाइ छ । 

सीमा वरपर बस्ने नेपाली र पारी बस्ने भारतीय मिलेर नेपालतिर भारतीय सवारीसाधन ल्याएर यातायात व्यवसाय गरिदिँदा समस्या परेको बताउने पर्यटन व्यवसायीहरू नेपाल सरकारको नियमानुसार पनि एउटा गाडी सामान्यतः तीन महिना भन्दा बढी नेपालमा आउन नपाउने भएपनि त्यसको अभिलेख नहुँदा पनि समस्या परेको बताउँछन् ।
भारतीय सवारी साधनबाट आएका पर्यटकहरू तिनै सवारीसाधनबाट सिधै मनाङ, मुस्ताङ लगायतका गन्तव्यमा पुग्दा स्वास्थ्य जोखिमी समेत बढेको संघका पूर्व अध्यक्ष बोबरजंग गुरुङ बताउनुहुन्छ ।

“नेपालका सिमा नजिकका शहरहरूबाट आउने सवारी साधन सिधा जोमसोम, मुक्तिनाथ तथा मनाङ गई हाई अल्टिच्युडको कारणले पर्यटकलाई विभिन्न स्वास्थ्यमा समस्या आउने गरेको छ”, उहाँले भन्नुुभयो, “विदेशी सवारी चालक यहाँको ग्रामिण सडक र भौगोलिक अवस्था जानकारी नहुँदा पनि विभिन्न समस्या तथा दुर्घटनाहरू समेत बढेको छ । ”

विदेशी सवारी साधनहरुलाई पोखरासम्म आई यहीं पार्किङ्ग गरी मुस्ताङ र मनाङ जस्ता गन्तव्यमा यहीँका स्थानीय सार्वजनिक तथा पर्यटक सवारीसाधनको प्रयोग गराउन सकिएमा त्यसबाट दुर्घटनाजन्य समस्याको न्यूनीकरणसँगै यहाँका पर्यटन व्यवसायीलाई समेत फाइदा पुग्ने उहाँको भनाइ छ ।

बेलुका भन्सारको टिकट काटेर रातारात दुुई तीन सय मिटर उचाइका युपि विहार लगायतका स्थानबाट प्याकेज नै बनाएर चार हजार दुुई सय मिटरसम्मको उचाइको मुक्तिनाथ जस्ता गन्तव्यमा सिधै पुग्ने क्रमले यहाँको व्यवसायमा असर पर्नुुका साथै त्यसले विभिन्न किसिमका दुर्घटना समेत निम्त्याउने गरेको हुँदा यसतर्फ चासो दिदै तत्कालै उचित व्यवस्थापन गर्नु जरुरी रहेको व्यवसायीको तर्क छ ।

]]>
https://dharakhabar.com/2026/01/29/%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%b8%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%b8%e0%a4%be%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%ad%e0%a4%be/feed/ 0