Warning: Undefined array key "url" in /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php on line 127

Warning: Undefined array key "path" in /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php on line 128

Warning: Cannot modify header information - headers already sent by (output started at /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php:127) in /home1/dharakha/public_html/wp-includes/feed-rss2.php on line 8
प्राध्यापक कँडेल – News Portal https://dharakhabar.com My WordPress Blog Tue, 30 Dec 2025 14:54:49 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.4 https://dharakhabar.com/wp-content/uploads/2025/11/cropped-Add-a-heading-6-32x32.png प्राध्यापक कँडेल – News Portal https://dharakhabar.com 32 32 लेखनाथ साहित्य पुरस्कार’ प्राध्यापक कँडेललाई प्रदान https://dharakhabar.com/2025/12/30/%e0%a4%b2%e0%a5%87%e0%a4%96%e0%a4%a8%e0%a4%be%e0%a4%a5-%e0%a4%b8%e0%a4%be%e0%a4%b9%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%af-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%b0/ https://dharakhabar.com/2025/12/30/%e0%a4%b2%e0%a5%87%e0%a4%96%e0%a4%a8%e0%a4%be%e0%a4%a5-%e0%a4%b8%e0%a4%be%e0%a4%b9%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%af-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%b0/#respond Tue, 30 Dec 2025 14:54:43 +0000 https://dharakhabar.com/?p=644 धाराखबर समाचारदात

पोखरा, १५ पुस : लेखनाथ साहित्य पुरस्कार प्राध्यापक घनश्याम कँडेललाई प्रदान गरिएको छ ।

कवि शिरोमणि लेखनाथ पौड्यालको १४२ औँ जन्मजयन्तीको अवसर पारेर लेखनाथ साहित्य प्रतिष्ठान पोखराबाट स्थापित उक्त पुरस्कार आज काठमाडौँमा प्राध्यापक कँडेललाई प्रदान गरिएको हो ।

नगद रु एक लाख राशिको उक्त पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले प्राध्यापक कँडेललाई हस्तान्तरण गर्नुभयो । कार्यक्रममा पूर्वकुलपति उप्रेतीले नेपाली साहित्य र वाङ्मयको क्षेत्रमा कवि शिरोमणि पौड्यालकोे भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

उहाँले कवि शिरोमणिको योगदानलाई पोखराका साहित्यकारले कदर गरी उहाँको जन्मस्थान अर्चलेमा विभिन्न कार्यक्रम आयोजना हुनु आफैँमा खुसीको कुरा रहेको बताउनुभयो । उक्त प्रतिष्ठाले दुई दशकभन्दा लामो समयदेखि विशिष्ट साहित्यकारलाई सम्मान गर्नु सराहनीय काम भएको उहाँले बताउनुभयो ।

पुरस्कृत व्यक्तित्व प्राध्यापक कँडेलले परिस्कारवादी कविता लेख्ने महान् कवि पौड्याल भएको बताउनुभयो । पौड्यालको कवितालाई तीन चरणमा बाँडेर अध्ययन गर्नुपर्ने उहाँको भनाइ थियो ।

नेपाल शिक्षा परिषद्की अध्यक्ष रमा शर्माले नेपाली साहित्य क्षेत्रको शिखर व्यक्तित्व कवि शिरोमणि लेखनाथ पौड्याल भएको बताउनुभयो । लेखनाथ पौड्याल नेपाली शिक्षा परिषद्को पहिलो अध्यक्ष भएको उहाँले स्मरण गर्नुभयो ।

लेखनाथ साहित्य प्रतिष्ठान पोखराका पूर्वअध्यक्ष एवं पुरस्कार कोषका अध्यक्ष डा शुक्र अधिकारीले २०५४ सालमा लेखनाथ साहित्य प्रतिष्ठान स्थापना गरी उहाँको साहित्यिक अभियानलाई अगाडि बढाउँदै आएको बताउनुभयो ।

उक्त प्रतिष्ठानले यसअघि प्रा डा वासुदेव त्रिपाठी, जगमान गुरुङ, सरुभक्त श्रेष्ठ, धर्मराज थापा, मुकुन्दशरण उपाध्यायलगायतका थुप्रै स्रष्टालाई सम्मान गरिसकेको छ । धादिङको मलेखु स्थायी घर हुनुभएका कँडेल संस्कृत, नेपाली र अङ्ग्रेजीका ज्ञाता हुनुका साथै छन्द साधना र कविता लेखनमा विशेष दख्खल राख्नुहुन्छ । प्राध्यापक कँडेलको खण्डकाव्य ‘धृतराष्ट्र’ खण्डकाव्यले विसं २०७३ मा मदन पुरस्कार प्राप्त गरेको थियो ।

प्राध्यापक कँडेलले नेपाली शिक्षा परिषद्बाट भानुभक्त पुरस्कार र मर्स्याङ्दी वाङमय प्रतिष्ठानबाट राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कारसमेत प्राप्त गरिसक्नुभएको छ ।

]]>
https://dharakhabar.com/2025/12/30/%e0%a4%b2%e0%a5%87%e0%a4%96%e0%a4%a8%e0%a4%be%e0%a4%a5-%e0%a4%b8%e0%a4%be%e0%a4%b9%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%af-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a4%b8%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%b0/feed/ 0