Warning: Undefined array key "url" in /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php on line 127

Warning: Undefined array key "path" in /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php on line 128

Warning: Cannot modify header information - headers already sent by (output started at /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php:127) in /home1/dharakha/public_html/wp-includes/feed-rss2.php on line 8
प्रवासी जीवन प्रदर्शनको तयारीमा – News Portal https://dharakhabar.com My WordPress Blog Sat, 20 Dec 2025 13:14:10 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.4 https://dharakhabar.com/wp-content/uploads/2025/11/cropped-Add-a-heading-6-32x32.png प्रवासी जीवन प्रदर्शनको तयारीमा – News Portal https://dharakhabar.com 32 32 प्रवासी जीवन प्रदर्शनको तयारीमा https://dharakhabar.com/2025/12/20/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%80-%e0%a4%9c%e0%a5%80%e0%a4%b5%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6%e0%a4%a8%e0%a4%95%e0%a5%8b/ https://dharakhabar.com/2025/12/20/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%80-%e0%a4%9c%e0%a5%80%e0%a4%b5%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6%e0%a4%a8%e0%a4%95%e0%a5%8b/#respond Sat, 20 Dec 2025 13:14:06 +0000 https://dharakhabar.com/?p=572 धाराखबर समाचारदाता

पोखरा, ५ पुष । अभिनेता राजेश हमालको मुख्य भूमिका रहेको फिल्म ‘प्रवासी जीवन’ आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउने भएको छ । बुधबार निर्माण पक्षले दुईवटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । पोस्टरमा हमालसहित सरिता लामिछाने, बुद्धि तामाङ, महादेव अधिकारी, एञ्जेला बस्नेत लगायतका कलाकारहरूलाई स्थान दिइएको छ ।


श्याम क्षेत्री र राम अधिकारीको संयुक्त निर्देशन रहेको फिल्ममा प्रवासीहरूको सुख–दुःख, आरोह–अवरोह र चुनौतीलाई मुख्य कथावस्तु बनाइएको छ । निर्देशक क्षेत्रीका अनुसार नेपालबाट उज्जवल भविष्य र स्थायित्वको खोजीमा अमेरिका पुगेका नेपाली युवाहरूले त्यहाँ सामना गर्नुपर्ने संघर्ष, अवसर र भावनात्मक उतार–चढाव फिल्मको केन्द्रीय कथामा समेटिएको छ ।


गगन सुवेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरी, शिखा अधिकारी लगायतका कलाकारहरूको पनि अभिनय रहेको यस फिल्मको कथा, पटकथा तथा संवाद निर्देशक क्षेत्री स्वयंले तयार गरेका हुन् । यसमा अमृत बिसुवाको छायाङ्कन, राम अधिकारीको सम्पादन, सुवास सिन्चुरीको पार्श्व संगीत तथा नवीन कार्कीको संगीत रहेको छ ।


श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनको संयुक्त निर्माणमा तयार भएको फिल्मका निर्माता रवीन आचार्य हुन् । उनले यसअघि ‘डाईङ क्यान्डल’, ‘चक्कर’, ‘जय श्री दाम’, ‘केटीएम कक्टेल’, ‘सरिता’ जस्ता फिल्म निर्माण गरिसकेका छन् । आरआर फिल्म्सले वितरण गर्ने यो फिल्मको सम्पूर्ण छायांकन अमेरिकामा गरिएको हो ।

]]>
https://dharakhabar.com/2025/12/20/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a5%80-%e0%a4%9c%e0%a5%80%e0%a4%b5%e0%a4%a8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6%e0%a4%a8%e0%a4%95%e0%a5%8b/feed/ 0