Warning: Undefined array key "url" in /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php on line 127

Warning: Undefined array key "path" in /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php on line 128

Warning: Cannot modify header information - headers already sent by (output started at /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php:127) in /home1/dharakha/public_html/wp-includes/feed-rss2.php on line 8
पोखरा–९ नयाँबजार – News Portal https://dharakhabar.com My WordPress Blog Thu, 05 Feb 2026 15:50:29 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.4 https://dharakhabar.com/wp-content/uploads/2025/11/cropped-Add-a-heading-6-32x32.png पोखरा–९ नयाँबजार – News Portal https://dharakhabar.com 32 32 नयाँबजारमा खुल्यो काँग्रेसको निर्वाचन सम्पर्क कार्यालय https://dharakhabar.com/2026/02/05/%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%81%e0%a4%97%e0%a5%8d%e0%a4%b0/ https://dharakhabar.com/2026/02/05/%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%81%e0%a4%97%e0%a5%8d%e0%a4%b0/#respond Thu, 05 Feb 2026 15:50:26 +0000 https://dharakhabar.com/?p=831 धाराखबर समाचारदाता

पोखरा, २२ माघ । प्रतिनिधि सभा निर्वाचनको मिति एक महिना बाँकी रहँदा कास्कीमा चुनावी सरगर्मी बढेको छ । चुनाव लक्षित ठूला पार्टीका उम्मेदवार घरदैलो र सम्पर्क कार्यालय स्थापना गर्न व्यस्त देखिन्छन् ।
यसै सिलसिलामा नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं २ का चुनाव प्रचारप्रसार कार्यालय खोल्ने क्रम तीव्र बनेको छ । कास्की निर्वाचन क्षेत्र नं २ अन्तरगत आज (बिहीबार) पोखरा–९ नयाँबजारमा नेपाली काँग्रेस कास्कीको चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

उक्त सम्पर्क कार्यालयको आज नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र नेपाली काँग्रेसका तर्फबाट कास्की निर्वाचन क्षेत्र नं २ का उम्मेदवार माधवप्रसाद बास्तोला (मधु) ले सयुक्त रुपमा उद्घाटन गरेका हुन् । कास्की निर्वाचन क्षेत्र नं २ अन्तरगत नेपाली काँग्रेसले यस अघि वडा नं ८, वडा नं ४ र वडा नं २१ मा सम्पर्क कार्यालय स्थापना गरिसकेको छ ।

सम्पर्क कार्यालयको उद्घाटन गर्दै नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपाली काँग्रेस देशकै अभिभावक पार्टी भएकाले देश भित्रका हरेक समस्यालाई मर्यादित रुपमा समाधान गर्ने बताए ।

सभापति शर्माले काँग्रेस कमजोर हुँदा देश कमजोर हुने भएकाले काँग्रेसलाई बलियो बनाउने दायित्व सबै नेपालीको भएको बताउँदै प्रजातन्त्रमा विश्वास राख्ने पार्टी नेपाली काँग्रेसमा लागेर देशको सेव ा गर्न सबै नेपालीलाई आग्रह गरे ।

नोपली काँग्रेसले युवालाई अगाडि सार्ने नीति अनुसार पार्टी सभापति युवा नेता गगन थापालाइ बनायौ, भावि प्रधानमन्त्री पनि उहाँलाई नै बनाउने योजनाकासाथ नेपाली काँग्रेस अगाडि वढेको भनाइ उनको थियो । नेपाली काँग्रेस अब सुधारिएको छ, पार्टीको नेतृत्व पनि युवाको काँधमा गएकाले युवा मतदाताले पनि एक पटक काँग्रेसलाई विश्वास गर्न आवश्यक छ उनले भने ।
नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं २ का तर्फबाट उम्मेदवार माधवप्रसाद बाँस्तोलाले नेपाली काँग्रेसले देशलाई कमजोर हुनबाट बचाउने भएकै कारण काँग्रेसलाई विश्वास गर्न आम मतदातासँग आग्रह गरे । युवालाई स्वदेशमा नै अवसरहरु सृजनागरी विदेशमा दिने सुविधा यही दिन सकिने भनाइ उनको छ ।

प्राकृतिक सम्पदाले भरिपूर्ण देश नेपालमा पर्यटन, कृषि तथा जलविद्युतको क्षेत्रमा छिट्टै फड्को मार्न सकिने भनाइ उनको छ । नेपालमा शिक्षा, स्वास्थ्य, उद्यमशीलता, पर्यटन, ऊर्जा, कृषि पूर्वाधारहरुलाई विकास गर्न जरुरी रहेको भनाइ उनको थियो । उउक्त कार्यक्रमको अध्यक्षता नेपाली काँग्रेस पोखरा महानगर वडा नं ९ का सभापति शिवराज बाँस्तोलाले गरेका थिए । सो अवसरमा काँग्रेस नेता मुना बास्तोला, सूर्यभक्त सिग्देल, महेश सिग्देल लगायतले आफ्‌नो भनाइ राखेका थिए । त्यसैगरी उम्मेदवार वास्तोलाले आजै पोखरा–९ को नयाँबजार, शान्तिवन र पोखरा–३३ को भरतपोखरीमा मतदातासँग सुझाव संकलन गर्दै मत माग्नुभएको थियो ।

]]>
https://dharakhabar.com/2026/02/05/%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%96%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%95%e0%a4%be%e0%a4%81%e0%a4%97%e0%a5%8d%e0%a4%b0/feed/ 0