Warning: Undefined array key "url" in /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php on line 127

Warning: Undefined array key "path" in /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php on line 128

Warning: Cannot modify header information - headers already sent by (output started at /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php:127) in /home1/dharakha/public_html/wp-includes/feed-rss2.php on line 8
पर्यटकीय गाउँ घान्द्रुक – News Portal https://dharakhabar.com My WordPress Blog Tue, 03 Feb 2026 15:44:40 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.4 https://dharakhabar.com/wp-content/uploads/2025/11/cropped-Add-a-heading-6-32x32.png पर्यटकीय गाउँ घान्द्रुक – News Portal https://dharakhabar.com 32 32 पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटन महोत्सव https://dharakhabar.com/2026/02/03/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81-%e0%a4%98%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a5%81%e0%a4%95%e0%a4%ae/ https://dharakhabar.com/2026/02/03/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81-%e0%a4%98%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a5%81%e0%a4%95%e0%a4%ae/#respond Tue, 03 Feb 2026 15:44:37 +0000 https://dharakhabar.com/?p=810 धाराखबर समाचारदाता

पोखरा, २० माघ । सबै मौसमका लागि घुम्न उपयुक्त ठाउँ रहेको जानकारी दिन र खेलकुदको विकास गर्ने उद्देश्यसहित घान्द्रुक पर्यटन महोत्सव गरिने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित घान्द्रुक पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिने गर्छ ।

“सबै मौसममा पर्यटन” भन्ने मूल नारासहित आगामी फागुन ६ गतेदेखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव गर्न लागिएको आज (मंगलबार) पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । घान्द्रुकको पर्यटकीय गतिबिधिलाई अझ वढी उचाईमा पुर्‍याउन र पर्यटकीय गतिविधिलाई थप चलायमान बनाउनका लागि यस्तो महोत्सव गर्न लागिएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष बिक्रम गुरुङले जानकारी दिनुभयो ।

घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधि) क्लब कोंड घान्द्रुकले आयोजना गरेको उक्त महोत्सवले स्वदेश तथा विदेशमा को घान्द्रुक पर्यटन प्रर्वद्धनमा ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ ।

महोत्सवका आकर्षणमा रुपमा घान्द्रुक चक्रीयपद मार्ग दौड, घोडा दौड, प्रतियोगिता, भेडाको साढे जुधाई प्रतियोगिता,छेलो प्रतियोगिता, अन्तर पालिकास्तरीय पुरुष भलिवल प्रतियोगिता, प्रथम राष्ट्रव्यापी अन्तरपालिका खुल्ला बास्केटबल प्रतियोगिताका साथै रस्साकसी प्रतियोगिता गरिने जानकारी उक्त अवसरमा दिइएको छ ।

रोधिं क्लब कोंड घान्द्रुकका अध्यक्ष लछिन गुरुङका अनुसार प्रतियोगितामा उत्कृष्ट समुह र खेलाडीका लागि नगद पुरस्कारको व्यवस्था समेत गरिएको जानकारी दिनुभयो । कास्कीको उत्तरी भेगकै लोकप्रिय पर्यटकीय गाउँको रुपमा परिचित घान्द्रुकमा गुरुङजातिको बाहुल्यता रहेको छ ।

]]>
https://dharakhabar.com/2026/02/03/%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%9f%e0%a4%95%e0%a5%80%e0%a4%af-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81-%e0%a4%98%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a5%81%e0%a4%95%e0%a4%ae/feed/ 0