Warning: Undefined array key "url" in /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php on line 127

Warning: Undefined array key "path" in /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php on line 128

Warning: Cannot modify header information - headers already sent by (output started at /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php:127) in /home1/dharakha/public_html/wp-includes/feed-rss2.php on line 8
न्यूरोसर्जरी र न्युरोलोजिष्ट सेवा सुरु – News Portal https://dharakhabar.com My WordPress Blog Mon, 29 Dec 2025 17:42:27 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.4 https://dharakhabar.com/wp-content/uploads/2025/11/cropped-Add-a-heading-6-32x32.png न्यूरोसर्जरी र न्युरोलोजिष्ट सेवा सुरु – News Portal https://dharakhabar.com 32 32 निजामती अस्पतालमा उपचार सेवा विस्तार https://dharakhabar.com/2025/12/29/%e0%a4%a8%e0%a4%bf%e0%a4%9c%e0%a4%be%e0%a4%ae%e0%a4%a4%e0%a5%80-%e0%a4%85%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%89%e0%a4%aa%e0%a4%9a%e0%a4%be%e0%a4%b0/ https://dharakhabar.com/2025/12/29/%e0%a4%a8%e0%a4%bf%e0%a4%9c%e0%a4%be%e0%a4%ae%e0%a4%a4%e0%a5%80-%e0%a4%85%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%89%e0%a4%aa%e0%a4%9a%e0%a4%be%e0%a4%b0/#respond Mon, 29 Dec 2025 17:42:25 +0000 https://dharakhabar.com/?p=637 धाराखबर समाचारदाता पोखरा, १४ पुुस : निजामती कर्मचारी अस्पतालले आफ्नो सेवा विस्तार गरेको छ । अस्पतालले न्यूरोसर्जरी र न्युरोलोजिष्ट सेवा सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीले जानकारी दिनुभयो । टाउकोमा चोटपटक लागेका गम्भीर प्रकारका बिरामीका उपचार सेवा प्रदान गर्न न्युरोसर्जरी सेवा सुरु गरिएको उहाँले बताउनुभयो । न्युरोसर्जरीमा टाउकोको चोट, ट्युमर, ढाडको समस्या, स्ट्रोक जस्ता रोगको उपचार गरिन्छ । न्यूरोसर्जरी १५ वर्षभन्दा माथिको लागि उपचार गरिन्छ । न्युरोलोजिष्ट सेवाबाट भने बच्चाको मस्तिष्क, मेरुदण्ड, र स्नायु प्रणालीसम्बन्धी रोगको उपचार गरिन्छ । न्यूरोलोजिष्टमा बच्चाको टाउको दुख्ने, छारेरोग, पक्षघात अल्जाइमर, स्नायु कमजोरीजस्ता विभिन्न स्नायुजन्य उपचारको गरिन्छ । यस्तै अस्पतालले यसै वर्षदेखि निजामती कर्मचारीका लागि स्वास्थ्य बिमा कार्यक्रम पनि सुरु गर्ने तयारी गरेको छ । स्वास्थ्य बिमा बोर्डसँग सम्झौता प्रक्रिया अगाडि बढाइएको अस्पतालका कार्यकारी निर्देशक डा रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निजामती कर्मचारीको बिमा गरेबापतको रकम तीन महिनाभित्र भुक्तानी हुने अवस्था आयो भने हामी सर्वसाधारणलाई पनि बिमा कार्यक्रममार्फत उपचार गर्ने तयारीमा छौँ ।” अस्पतालमा हाल १० प्रतिशत निजामती कर्मचारी र ९० प्रतिशत सर्वसाधारण उपचारका लागि आउने गरेका छन् ।अस्पतालले मुटुरोग उपचारका लागि ‘क्याथल्याब’ सेवा पनि विस्तार गर्ने तयारी गरिरहेको छ ।

]]>
https://dharakhabar.com/2025/12/29/%e0%a4%a8%e0%a4%bf%e0%a4%9c%e0%a4%be%e0%a4%ae%e0%a4%a4%e0%a5%80-%e0%a4%85%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%89%e0%a4%aa%e0%a4%9a%e0%a4%be%e0%a4%b0/feed/ 0