Warning: Undefined array key "url" in /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php on line 127

Warning: Undefined array key "path" in /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php on line 128

Warning: Cannot modify header information - headers already sent by (output started at /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php:127) in /home1/dharakha/public_html/wp-includes/feed-rss2.php on line 8
गनेस पौडेलको संवाद यात्रामा – News Portal https://dharakhabar.com My WordPress Blog Wed, 04 Feb 2026 17:29:51 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.4 https://dharakhabar.com/wp-content/uploads/2025/11/cropped-Add-a-heading-6-32x32.png गनेस पौडेलको संवाद यात्रामा – News Portal https://dharakhabar.com 32 32 गनेस पौडेलको संवाद यात्रामा जनताको भरोसा https://dharakhabar.com/2026/02/04/%e0%a4%97%e0%a4%a8%e0%a5%87%e0%a4%b8-%e0%a4%aa%e0%a5%8c%e0%a4%a1%e0%a5%87%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%82%e0%a4%b5%e0%a4%be%e0%a4%a6-%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0/ https://dharakhabar.com/2026/02/04/%e0%a4%97%e0%a4%a8%e0%a5%87%e0%a4%b8-%e0%a4%aa%e0%a5%8c%e0%a4%a1%e0%a5%87%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%82%e0%a4%b5%e0%a4%be%e0%a4%a6-%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0/#respond Wed, 04 Feb 2026 17:29:48 +0000 https://dharakhabar.com/?p=825 धाराखबर समाचारदात

माघ २१, पोखरा । कास्की क्षेत्र नम्बर १ मा यतिबेला चुनावी माहोलसँगै उत्साहको लहर देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार गनेस पौडेलको “स्थानियसँग संवाद यात्रा” क्रममा टोल–टोलमा नागरिकको सक्रिय सहभागिता र आशावादी आवाज सुनिन थालेको छ।

बुधबार रुपा गाउँपालिकामा संवाद यात्रा सञ्चालन भएको छ । बिहान ८ बजे खोलाको छेउबाट शुरु भएको संवाद यात्रा १० बजे तालबेसी, मध्यान्ह १२ बजे काउरे, २ बजे हंसपुर र साँझ ४ बजे हाँस पोखरी क्षेत्रमा पुग्दा स्थानीयहरू खुलेरै आफ्ना कुरा राख्दै उम्मेदवारलाई स्वागत गरेको दृश्य देखिन्थ्यो । कतिपय ठाउँमा स्थानीयले फूलमाला र शुभकामनासहित समर्थन व्यक्त गरेका थिए।

संवाद यात्रामा सहभागी एक युवाले भने, ‘अब देश बदलिने आशा पलाएको छ। हामी भोट हाल्न आतुर छौं, किनकि अब काम गर्ने नेतृत्व चाहिएको छ।’ अर्का एक ज्येष्ठ नागरिकले भावुक हुँदै भने, ‘हामीले धेरै वर्ष कुर्‍यौं। अब देशको मुहार हाँसेको हेर्न चाहन्छौं। इमान्दार नेतृत्व आए परिवर्तन सम्भव छ भन्ने विश्वास लागेको छ।’ महिलाहरूले पनि शिक्षा, स्वास्थ्य, रोजगारीका विषय उठाउँदै ‘अब आश्वासन होइन, परिणाम चाहिन्छ” भन्ने सन्देश दिएका थिए।’

उम्मेदवार गनेस पौडेलले जनताको आशा र विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताए। ‘म राजनीतिमा पदका लागि होइन, देशको अवस्था सुधार्न आएको हुँ। युवाले अवसर नपाएर विदेशिनुपर्ने अवस्था अन्त्य होस्, सेवा सहज होस्, र जनताले सिंहदरबारलाई आफ्नै जस्तो अनुभूति गर्न सकून् भन्ने मेरो लक्ष्य हो ।’ उनले भने।

उनले पारदर्शिता, सुशासन र स्थानीय आवश्यकतामा आधारित विकासलाई प्राथमिकता दिने प्रतिबद्धता पनि जनाए। ‘जनताको अनुहारमा मुस्कान ल्याउने राजनीति गर्नुपर्छ। देशको मुहार हाँस्न जनताको विश्वास जित्नु पहिलो शर्त हो ।’ पौडेलले थपे।

]]>
https://dharakhabar.com/2026/02/04/%e0%a4%97%e0%a4%a8%e0%a5%87%e0%a4%b8-%e0%a4%aa%e0%a5%8c%e0%a4%a1%e0%a5%87%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%82%e0%a4%b5%e0%a4%be%e0%a4%a6-%e0%a4%af%e0%a4%be%e0%a4%a4%e0%a5%8d%e0%a4%b0/feed/ 0