Warning: Undefined array key "url" in /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php on line 127

Warning: Undefined array key "path" in /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php on line 128

Warning: Cannot modify header information - headers already sent by (output started at /home1/dharakha/public_html/wp-content/plugins/wpforms-lite/src/Forms/IconChoices.php:127) in /home1/dharakha/public_html/wp-includes/feed-rss2.php on line 8
आदर्श क्लव – News Portal https://dharakhabar.com My WordPress Blog Sat, 24 Jan 2026 16:18:33 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0.4 https://dharakhabar.com/wp-content/uploads/2025/11/cropped-Add-a-heading-6-32x32.png आदर्श क्लव – News Portal https://dharakhabar.com 32 32 २६ औं आदर्श कप अन्तर्गत होराइजन क्लव अघिल्लो चरणमा https://dharakhabar.com/2026/01/24/%e0%a5%a8%e0%a5%ac-%e0%a4%94%e0%a4%82-%e0%a4%86%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6-%e0%a4%95%e0%a4%aa-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%97%e0%a4%a4-%e0%a4%b9%e0%a5%8b/ https://dharakhabar.com/2026/01/24/%e0%a5%a8%e0%a5%ac-%e0%a4%94%e0%a4%82-%e0%a4%86%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6-%e0%a4%95%e0%a4%aa-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%97%e0%a4%a4-%e0%a4%b9%e0%a5%8b/#respond Sat, 24 Jan 2026 16:18:29 +0000 https://dharakhabar.com/?p=766 धाराखबर समाचारदाता

पोखरा, १०माघ । पोखरा–२९ को भण्डारढिकस्थित लेखनाथ रङ्गशालामा शुक्रबारदेखि संचालित २६औं संस्करणको आदर्श कप फुटवल प्रतियोगिता अन्तरगत आज (शनिबार) सम्पन्न फुटवल प्रतियोगितामा स्याङ्जा जिल्लाको होराइजन क्लव अघिल्लो चरणमा प्रवेश गरेको छ ।

आयोजक समुह आदर्श क्लवलाई १–० को अन्तरले पछि पार्दै होराइजन क्लव अघिल्लो चरणमा प्रवेश गरेको हो । होराइजन क्लव जर्सी नं १७ का खेलाडी विश्व थापाले खेलको ८१ औ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोलको रुपमा परिणत भएको थियो । शनिवारको खेलमा होराइजन क्लव जर्सी नं १७ का खेलाडी विश्व थापा म्यान अफ दि म्याच बन्न सफल भएका छन् ।

पोखरा–२९ स्थित आदर्श युवा क्लवको आयोजनामा माघ ९ गतेदेखि १६ गतेसम्म हुने प्रतियोगितामा गण्डकीका विभिागीयसहित ८ समुहले सहभागिता जनाएका छन् । भोलि आइतवार पर्वतको गन्नी एफसी र तनहँु जिल्ला फुटबल संघको समुहबीच प्रतिस्पर्धा हुने जानकारी आयोजक संस्थाले दिएको छ ।

फुटवल खेलाडीको स्तर एवं मनोवल वृद्धिका साथै खेल पर्यटनको विकास गर्नका लागि आयोजना गरिएको उक्त प्रतियोगितामा प्रथम पुरस्कार रु ४ लाख ९९ हजार ९ सय ९९ रहेको जानकारी उक्त क्लवका अध्यक्ष एवं प्रतियोगिताका संयोजक पदम गुरुङले दिनुभयो ।

त्यस्तै द्धितीय हुने समुहले रु ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीलाई पच्चीस हजार रुपैयाँका साथै उच्च गोलकर्ता, उत्कृष्ट प्लेमेकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट कोचलाई पन्ध्रपन्ध्र हजार रुपैयाँले पुरस्कृत गरिने बताइएको छ ।

त्यस्तै प्रत्येक गोलको म्यान अफ दि म्याच घोषित खेलाडीलाई पाँच हजार रुपैयाँद्धारा पुरस्कृत गरिने उक्त प्रतियोगिता सम्पन्न गर्न ६१ लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ ।

]]>
https://dharakhabar.com/2026/01/24/%e0%a5%a8%e0%a5%ac-%e0%a4%94%e0%a4%82-%e0%a4%86%e0%a4%a6%e0%a4%b0%e0%a5%8d%e0%a4%b6-%e0%a4%95%e0%a4%aa-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a5%8d%e0%a4%97%e0%a4%a4-%e0%a4%b9%e0%a5%8b/feed/ 0