मोरङ–२ मा कांग्रेसका मिनेन्द्र रिजाल तेस्रो स्थानमा, रास्वपाको अग्रता

मुख्य समाचार राजनीति

धाराखबर समाचारदाता

पोखरा, २२ फागुन । मोरङ क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णकुमार कार्कीले ५ हजार ७६७ मतसहित अग्रता बनाएका छन्।

नेपाली कांग्रेसका डा. मिनेन्द्र प्रसाद रिजाल १ हजार ७१९ मतसहित तेस्रो स्थानमा छन्। एमालेका दिलीपकुमार अग्रवाल १ हजार ९८० मतसहित दोस्रो स्थानमा छन्।

प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा मोरङ क्षेत्र नम्बर– २ मा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. मिनेन्द्र प्रसाद रिजाल तेस्रो स्थानमा देखिएका छन् ।मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्णकुमार कार्कीले फराकिलो अग्रता बनाएका छन् ।

नेपाली कांग्रेस नेता रिजाल भने १ हजार ७१९ मतसहित तेस्रो स्थानमा छन् । नेपाल कम्युनिष्ट पार्टीका ७० वर्षीय उम्मेदवार चन्द्र वीर राईले ३०२ मत प्राप्त गरेका छन् । २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित रिजाललाई यसपटकको निर्वाचनमा नयाँ शक्ति भारी देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *