धाराखबर समाचारदाता
पोखरा,२२ फागुन । प्रतिनिधि सभा सदस्यका लागि बिहीबार सम्पन्न मतदनको मत गणना कार्य भइरहँदा कास्कीका तीन वटै क्षेत्रमा रास्वपा पार्टी उम्मेदवारहरु अग्रस्थानमा रहेका छन् ।
कास्की निर्वाचन क्षेत्र नं १ मा ५१५० मत गणना गर्दा रास्वपा गनेश पौडेलले ३३५० मत प्राप्त गरेका छन् भने नेपाल काँग्रेसका ९७६ मत प्राप्त गरेका छन् भने एमालेका बैनबहादुर अधिकारी क्षेत्रीले १४५५ मत प्राप्त गरेका छन् ।
त्यस्तै कास्की निर्वाचन क्षेत्र नै २ मा ६१४१ मत गणना गर्दा रास्वपा उत्तम पौडेलले ३०७० मत प्राप्त गरेका छन् भने एमालेका रस्मि आचार्यले १४१४ मत प्राप्त गरेका छन् भने काँग्रेसका माधवप्रसाद बास्तोलाले ९३२ मत प्राप्त गरेका छन् ।
कास्की क्षेत्र नं ३ मा ३८८६ रास्वपा बिना गुरुङले २०७४ मत प्राप्त गरेकी छन् काँग्रेसका मनोज गुरुङले ८१३ मत प्राप्त गरेका छन् भने एमालेका दामोदर बैरागीले ५०६ मत प्राप्त गरेकाछन् ।
