उत्साहजनक र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न

प्रदेश समाचार मुख्य समाचार राजनीति

धाराखबर समाचारदाता

पोखरा, २१ फागुन । निर्वाचन आयोगले आज(बिहीबार) भएको मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ।

मतदान सम्पन्न भए लगत्तै आयोजित पत्रकार सम्मेलन बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ५९ प्रतिशत मत खसेको अनुमान गरेका छ । मतदानको विस्तृत विवरण सङ्कलन भइरहेको उनले बताए । केही केन्द्रमा मतदान जारी रहेको खबरहरु आएको आयोगले जनाएको छ । छिटपुटबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको पत्रकार सम्मेलनमा जनाइएको छ

मतपेटिका सङ्कलन भएलगत्तै मतगणना सुरु गर्ने आयोजले जनाएको छ । १५ जिल्लाको विभिन्न ६१ स्थानबाट हेलिकप्टरमा मतपेटिका सङ्कलन हुने सो अवसरमा बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *