चुनावपछि देश र जनताको मुहार फेरिन्छ – अध्यक्ष लामिछने

प्रदेश समाचार मुख्य समाचार राजनीति

धाराखबर समाचारदता

पोखरा, २८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले फागुन २१ को निर्वाचनपछि नेपाली जनता र देशको मुहार फेरिने बताउनुभएको छ ।

पोखराको लेखनाथस्थित तालचोकबाट हेम्जासम्मको घण्टी यात्रामा निस्केका लामिछानेले आज (बुधबार) पोखराको पृथ्जवीचोकमा पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै यो कुशासन र सुशासनबीचको लडाइँ हो, उहाँले भन्नुभयो, अब वारपार हुन्छ ।

उद्योग–धन्दा बन्द गरेर युवालाई विदेश पठाउने र देश टाट पल्टाउनेहरूलाई हिसाब–किताब गरिने चेतावनी पनि लामिछानेले दिए । देशमा रहेको वेथिति, भ्रष्टाचार, नातावादी र कृपावादको अन्त्य हुने पनि उनले अध्यक्ष लामिछानेले सुनाउनुभयो ।

देशलाई समृद्धि तर्फ अगाडि वढाउन र सुशासन स्थापना गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि वढेको बताउँदै पुराना पार्टीले जनताका चाहना पुरा नगरेकै कारण रास्वपा जन्मेको उहाँको आरोप थियो । स्वदेशमा नै अवसरहरु सृजना गरी युवालाई उद्यमशील बनाउन आफ्‌नो पार्टी सक्रिय रहने भनाइ उहाँको छ ।

वि.स.२०७९ को निर्वाचनमा आफ्‌नो पार्टीले २१ सिट जिते पनि पर्याप्त नभएको बताउँदै अबको निर्वाचनमा बहुमत आवश्यक भएको बताउनुभयो । लामिछानेले आजै कास्की निर्वाचन क्षेत्र नं १ को लेखनाथस्थित तालचोक र कास्की निर्वाचन क्षेत्र नं ३ को हेम्जामासमेत कार्यकर्तालाई सम्बोधन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *