धाराखबर समाचारदाता
पोखरा, १६ माघ । निर्वाचन आचार संहिताको पालाना एवम् प्रभावकारी कार्यान्वयन सबैको साझा दायित्व भएकोमा जोड दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कद्विारा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन शान्ति सुरक्षा, आचार संहिता कार्यान्वयन तथा आपूर्ति व्यवस्थापन विषयमा सम्बद्ध निकयबीच आज आयोजित संयुक्त बैठक एवम् अन्तरक्रियामा वक्ताहरूले निर्वाचन लोकतन्त्रको. मुख्य मेरुदण्ड भएका कारण यसलाई सफल बनाउन आचार संहिताको पालना एवम् प्रभावकारी कार्यान्वयन आवश्यक भएकोमा जोड दिनुुभएको थियो ।
कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयनबाट मात्रै निर्वाचनलाई निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न बनाउन सकिने बताउनुुभयो ।यसको प्रभावकारी कार्यान्वयन हामी सबैको साझा दायित्व भएको बताउँदै उहाँले उक्त दायित्वलाई सबैले आत्मसात गर्नु जरुरी भएको बताउनुुभयो ।
कास्की जिल्लामा निर्वाचन आचार संहिताको उल्लंघन भएको विषयमा हालसम्म कुनै उजुरी नपरेको बताउँदै उहाँले सबैको सामूूहिक प्रयासबाट निर्वाचनलाई निष्पक्ष एवम् भयरहित बनाउन सकिने बताउनुुभयो ।निर्वाचनको स्वच्छताले नै सुशासन ल्याउन सक्ने बताउँदै उहाँले स्वच्छ निर्वाचनका लागि सबै आ आफ्ना स्थानमा प्रतिवद्ध हुनुपर्ने आवश्यकता औंल्याउनुुभयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शान्ति सुरक्षा र निर्वाचन आचारसंहिताको अनुगमन एकै साथ अघि बढ्ने बताउँदै निर्वाचनका निम्ती कुनै पनि क्षेत्रमा शान्ति सुरक्षाको कमी हुन नदिने बताउनुुभयो ।
संवेशदनशील क्षेत्रमा अझै विशेष ध्यान दिइने बताउँदै उहाँले आचारसंहिताको कार्यन्वयनको विषयलाई प्रभावकारी रुपमा अनुगमन समेत गरिने बताउनुुभयो ।जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले निर्वाचनलाई कसरी निष्पक्ष बनाउन सकिन्छ त्यसतर्फ सम्बद्ध सबैको सामूहिक प्रयास हुनुपर्ने आवश्यकता औंल्याउनुुभयो ।
पोखराच महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्थानीय तहका तर्फबाट निर्वाचनलाई सम्पन्न गराउनका लागि आवश्यक पर्ने सबै किसिमका सहयोगमा प्रतिवद्धता व्यक्त गर्नुभयो ।सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले निर्वाचन आचार संहितामा उल्लेखित विषय बारे जानकारी गराउनुुभयो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय कास्कीका प्रमुख कोष नियन्त्रक रमेश अर्यालले उम्मेदवारहरूले बैकिङ प्रयोजनका लागि अनिवार्य खाता खोल्नुपर्ने व्यवस्था गरेको जानकारी गराउनुुभयो ।जिल्लामा उम्मेदवारहरूले निर्वाचन प्रयोजनका लागि खर्च गर्न पाउने रकमको सिमा तोकेको बताउँदै कास्कीको क्षेत्र नं १, २ र ३ मा क्रमशः २९ लाख, २७ लाख र ३१ लाख रुपैयाँ निर्धारण गरेको जानकारी गराउनुुभयो ।
राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश कार्यालयका प्रमुख नितु गड्तौलाले निर्वाचनको प्रचारका क्रममा कुनै पनि जातीय विभेद हुने खालका अभिव्यक्तिहरू आउन नहुने बताउँदै निर्वाचनमा खटिने महिला कर्मचारीहरूलाई सुरक्षित अनुभूति हुने किसिमले व्यस्थापन गराउन सुझाव व्यक्त गर्नुुभयो ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण काकीले निजी क्षेत्र स्थायी सरकार र राजनीतिक स्थिरता भए मात्रै अघि बढ्न सक्ने बताउँदै त्यसका लागि निर्वाचन भयरहित रुपमा सम्पन्न हुनुपर्ने आवश्यकता औंल्याउनुुभयो । आचार संहिताको कार्यान्वयनमा निजी क्षेका तर्फबाट पूर्ण रुपमा साथ र सहयोग हुने उहाँले बताउनुुभयो ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुलीले निजी क्षेत्रको मनोबल गिरीरहेका विद्यमान अवस्थामा निर्वाचन पछिको स्थिर सरकारले समस्याहरूको समाधान हुने विश्वास व्यक्त गर्नुुभयो ।सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बराल, नेकपा एमाले कास्कीका उपाध्यक्ष भेषराज बराल, नेकपा माओवादीका उमेश सिके, नेपाली कम्युनिष्ट पार्टीका खड्ग हमाल, नारी जगारण अभियानका संयोजक अञ्जु केसी, नेपाल कर्मचारी युनियन कास्कीका अध्यक्ष केदार सापकोटा, नेपाल शिक्षक महासंघका सहअध्यक्ष डिल्लीराम बराल लगायतले अचारसंहिताको पालना सँगै यसको प्रभावकारी कार्यान्वयनका सबैको सामुहिक प्रतिवद्धता र सयहोग आवश्यक हुने बताउनुुभयो ।
