धाराखबर समाचारदात
पोखरा, ४ माघ । प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्ने समय आएपछि कास्कीमा केही राजनीतिक पार्टीले आफ्ना उम्मेदवार चयन गरेका छन् । एमालेले कास्कीका तीनवटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार तय गरेको छ ।
कास्की क्षेत्र नम्बर १ बाट बैनबहादुर अधिकारी क्षेत्री, २ बाट कृष्ण थापा र ३ बाट दामोदर पौडेल बैरागीलाई एमालेले उम्मेदवार बनाएसँगै यहाँका अधिकाशं कार्यकर्ताले खिन्नता व्यक्त गरेका छन् ।
सबै क्षत्रमा ५५ वर्ष उमेर काटेका उम्मेदवार बनाएपछि कार्यकर्तामाझ नैरस्यता पैदा भएको हो । अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीका ३ वटै क्षेत्र एमालले जितेको थियो ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले पनि कास्कीका तीन वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार चयन गरेको छ कास्की क्षेत्र नं १ बाट राजकाजी गुरुङ २ बाट किरण थापा र ३ बाट प्रेम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । गुरुङ र थापा पूर्व माओवादी केन्द्र र पौडेल पूर्व समाजवादी पार्टीको तर्फबाट प्रतिनिधित्व गरेका हुन् ।
