आदर्श कप फुटवलमा पाँच लाख पुरस्कार

खेलकुद प्रदेश समाचार मुख्य समाचार

धाराखबर समाचारदाता

पोखरा, ३ माघ । पोखरा–२९ को भण्डारढिकस्थित आदर्श युवा क्लवले २६ औं संस्करणमको आदर्श कप फुटवल प्रतियोगिता गर्ने भएको छ ।

फुटवल खेलाडीको स्तर एवं मनोवल वृद्धिका साथै खेल पर्यटनको विकास गर्नका लागि यही माघ ९ गतेदेखि १६ गतेसम्म आयोजना गरिएको उक्त प्रतियोगितामा गण्डकीका दुई विभागीय सहित ८ फुटवल समुहले सहभागिता जनाउने आज (शनिबार) यहाँ आयोजित पत्रकार सम्मेलनमा वताइएको छ ।

पोखरा–२९ भण्डारढिकस्थित लेखनाथ रङ्गशालामा संचालन हुने उक्त प्रतियोगितामा प्रथम पुरस्कार ४ लाख ९९ हजार ९ सय ९९ रहेको जानकारी उक्त क्लवका अध्यक्ष पदम गुरुङले दिनुभयो । त्यस्तै द्धितीय हुने समुहले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीलाई पच्चीस हजार रुपैयाँका साथै उच्च गोलकर्ता, उत्कृष्ट प्लेमेकर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट कोचलाई पन्ध्रपन्ध्र हजार रुपैयाँले पुरस्कृत गरिने जानकारी सो अवसरमा दिइएको थियो ।

त्यस्तै प्रत्येक गोलको म्यान अफ दि म्याच घोषित खेलाडीलाई पाँच हजार रुपैयाँद्धारा पुरस्कृत गरिने जनाइएको छ। उक्त प्रतियोगिता सम्पन्न गर्न ६१ लाख रुपैयाँ लाग्ने अनुमान आयोजक संस्थाको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *