धाराखबर समाचारदात
पोखरा, १० पुस । माछापुच्छ्र्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने भएको छ ।
कास्की जिल्ला टेनिस संघद्धारा आयोजित माछापुच्छ्र्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिताको २२ औं श्रृंखला यसै पुस ११ गतदेखि हुने भएको हो । पुस २२ गतेसम्म हुने प्रतियोगितामा तीन देशका एक सय बढी टेनिस खेलाडीको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।
प्रतियोगितामा महिला तथा पुरुषको एकल र युगल दुबैतर्फ ३५ वर्ष उमेरसमुह माथि ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्ष माथि गरी विभिन्न १२ ईभेन्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक नवीन चालिसेले जानकारी दिए । उनका अनुसार खुल्लातर्फ महिला तथा पुरुष एकलतर्फको बिजेताले नगद ८० हजार, उप–बिजेताले नगद ४० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद २०/२० हजारसहित मेडल प्राप्त गर्ने उनले जानकारी दिए ।
पुरुष तथा महिला युगलतर्फ बिजेताले नगद ३० हजार, उप–बिजेताले नगद १५ हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १०/१० हजारसहित मेडल प्राप्त गर्ने उनले जानकारी दिए । त्यस्तै, ३५ वर्ष उमेरसमुह माथिको एकलतर्फको बिजेताले नगद ६० हजार, उप–बिजेताले ३० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १५/१५ हजारसहित मेडल प्राप्त गर्नेछन् । यसैगरी, ३५ वर्ष माथिको युगलतर्फको बिजेताले नगद २० हजार र उप–बिजेताले नगद १०/१० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १०/१० हजारसहित मेडल प्राप्त गर्ने छन् ।
४५ वर्ष माथिको एकलतर्फको बिजेताले नगद ४० हजार र उप–बिजेताले २० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १०/१० हजारसहित मेडल प्राप्त गर्ने जनाइएको छ । ४५ वर्ष माथिको युगलतर्फको बिजेताले नगद २० हजार र उप–बिजेताले १० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १०/१० हजारसहित मेडल प्राप्त गर्ने उनले बताए ।
त्यस्तै, ५५ वर्ष माथिको एकलतर्फको बिजेताले नगद ३० हजार र उपबिजेताले १५ हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १०/१० हजारसहित मेडल प्राप्त गर्ने जनाइएको छ । ५५ वर्ष माथि युगलतर्फको बिजेताले नगद २० हजार र उप–बिजेताले नगद १० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १०/१० हजारसहित मेडल प्राप्त गर्ने उनले जानकारी दिए ।
६५ वर्ष माथि एकलतर्फको बिजेताले नगद १५ हजार र उप–बिजेताले ७ हजार ५ सयसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद २५/२५ सयसहित मेडल प्राप्त गर्नेछन् भने ६५ वर्ष माथि युगलतर्फको बिजेताले नगद १० हजार र उप–बिजेताले ५ हजारसहित ट्रफी प्राप्त गर्ने जनाइएको छ ।
